समाजवादी पार्टी झापा: ‘झापालाई दुर्गन्धित बनाउने अनियमितता र भ्रष्ट्राचारको भत्सर्ना’

0
58

झापा। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) झापा जिल्ला पदाधिकारी बैठकले झापामा भइरहेको अनियमितता र भ्रष्ट्राचारका घटनाप्रति कडा आपत्ति जनाउँदै ती क्रियाकलापले झापाको पहिचानमै आँच आएकाे बताएकाे छ ।

आज सम्पन्न बैठकमा बोल्दै समाजवादी पार्टी झापाका अध्यक्ष बी.पी. भट्टराईले लोकतान्त्रिक व्यवस्थामा प्रश्न उठाउनु सामान्य प्रक्रिया भएको बताउँदै प्रश्नको उत्तर नदिने प्रवृत्तिलाई निरंकुशताको संकेतका रूपमा व्याख्या गरे। “प्रश्न उठाउन पाइन्छ, तर त्यसलाई सामान्य ढंगले बुझेर टार्ने काम हुनु गम्भीर हो,” अध्यक्ष भट्टराईले भने, “यसले निरंकुश प्रवृत्तिको संकेत गर्छ।” बैठकमा अध्यक्ष भट्टराईले झापाको पछिल्लो अवस्थामा गिरीबन्धु र शरणार्थी काण्ड जस्ता घटनाले जिल्लाको नयाँ ढंगबाट पहिचान गुम्ने स्थितिमा पुर्याएको बताए।

“झापा भ्रष्ट्राचारको जननी हो भन्ने आवाज उठिरहँदा पनि एमाले, कांग्रेस, माओवादी र अरु नयाँ दलहरू चुप लागेर बस्नु झापावासी जनतालाई चकित तुल्याउने खालको हो,” उनले भने, “के अब पनि बोल्ने बेला आएको छैन? हामी बोल्छौं, भोटको भन्दा देशको चिन्ताले बोल्छौं।”

बैठकमा समाजवादीका झापा सह इन्चार्ज निलमणी बराल, पूर्व जिल्ला अध्यक्ष बेदराज रेग्मी, प्रदेश कमिटी सदस्य द्वय सुषिला तिवारी र श्रीप्रसाद सिटौला, जिल्ला सचिव सानुकुमार लामा, उपसचिव द्वय श्रीप्रसाद मिश्र र उदय बराइलीको उपस्थिति रहेको थियो। नेताहरूले झापाबाट भ्रष्ट्राचारविरुद्ध पार्टीले अग्रसरता लिएको जनाउँदै सम्बन्धित निकायले सत्य–तथ्य तत्काल सार्वजनिक गर्नुपर्ने मागसमेत गरेका छन्। “हाम्रो माग बेवास्ता गरिएमा त्यसको परिणामको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्नेछ,” उनीहरूले चेतावनी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here