लागू औषध नियन्त्रण विशेष अपरेसन शुरु – प्रहरी नायब महानिरीक्षक कार्की

0
31

झापा, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीले कोशी प्रदेशमा लागू औषध नियन्त्रण गर्न प्रहरीले विशेष अपरेसन शुरु गरेको बताएका छन् ।

झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै प्रहरी नायब महानिरीक्षक कार्कीले कोशी प्रदेशका सोलुखुम्बु बाहेकका जिल्लामा लागू औषध प्रयोेगकर्ताको अवस्था भयावह बनेको भन्दै त्यसलाई नियन्त्रण गर्न प्रहरी लागि परेको बताएका छन् ।

झापा , मोरङ , सुनसरी सहितका तराईका जिल्लामा लागू औषधको अधिक कारोवार हुने गरेको र त्यसलाई रोक्न प्रहरी एक्लैले नसक्ने हुँदा घरिवार र समुदायसंगको साझेदारीमा लागू औषध नियन्त्रणका लागि प्रहरीको विशेष टोली परिचालन गरिने बताए ।

जिल्ला प्रहरी कार्यालय झापासहितका प्रहरी कार्यालय निरीक्षणका लागि आएका कार्कीले बिर्तामोडका उद्योगी व्यवसायीसंग समेत यस विषयमा सुझाव लिएका थिए ।

कार्यक्रममा बोल्दै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले समाजको पछिल्लो समस्याका रुपमा लागू औषध दुव्र्यसन रहेकाले यसलाई रोक्न प्रहरी चनाखो हुनु पर्ने सुझाव दिए । उनले आम नागरिक संगको सहकार्यमा लागू औषध नियन्त्रणका लागि प्रहरीले नयाँ रणनीति अपनाउनु पर्ने सुझाव दिए ।

कार्यक्रममा अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी प्रशान्त ,

, बिर्तामोड साना सहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मेघराज वास्तोला, होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिर श्रेष्ठ, महासचिव शिव पौडेल, इलाका प्रहरी कार्यालय अनारमनी भद्धवन निर्माण समतिका अध्यक्ष देवी गिरी, लगायतले बिर्तामोड सहित पूर्वको समस्याका विषयमा प्रहरीलाई जानकारी गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूको समेत उपस्थितिमा भएको कार्यक्रम इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव निरीक्षक विजय श्रेष्ठले सञ्चालन गरेका थिए ।

यस अघि प्रहरी नायब महानिरीक्षक कार्कीले जिल्ला प्रहरी कार्यालय झापाको कार्यालय भवन, सबै शाखा तथा हिरासत कक्षको निरीक्षण गरेका थिए । उनले जिल्ला प्रहरी कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका थिए ।

निरीक्षण प्रश्चात प्रदेश प्रहरी प्रमुख कार्कीले जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई प्रमुखहरुसहित सिमावर्ति इलाकामा खटिएका प्रहरी अधिकृतहरु समेतलाई आवश्यक निर्देशन समेत दिएका थिए ।

निर्देशनको क्रममा उनले प्रहरीको आचरण, व्यवहारमा सुधार ल्याई अनुसाशित भई आफ्नो पदीय जिम्मेवारी अनुसार भातृत्व र बन्धुत्व भावका साथ संगठनको हित र श्रीबृद्धिमा लागि पर्न सम्पूर्ण प्रहरी कर्मचारीरुलाई निर्देशन दिनुका साथै संगठनलाई आँच आउने कृयाकलाप गर्ने प्रहरी कर्मचारीहरुलाई कारवाही र उत्कृष्ट कार्य गर्नेलाई तत्काल पुरष्कृत गरिने बताए ।

खुल्ला सिमाना भएको झापामा हुन सक्ने सिमावर्ती अपराध, चोरी तस्करी, भन्सार छली, लागुऔषध ओसार पसार नियन्त्रण गर्न आर्थिक प्रलोभनमा नपरी शून्य सहनशीलतामा रही व्यावसायिक प्रहरीको भूमिका निर्वाह गर्न निर्देशन दिए ।

सोही क्रममा प्रदेश प्रहरी प्रमुख कार्कीले विपद व्यवस्थापन गुल्म चन्द्रगढी, झापाको निरीक्षण गर्नुका साथै बिपद उद्धारमा प्रयोग हुने सामग्रीहरुको अवलोकन गर्नु भई वर्षायामको समयमा हुने वाढी पहिरो जस्ता विपदका घटनाहरुमा नागरिकको धनजनको सुरक्षाका लागी तत्काल उद्धार कार्यमा परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिए ।

निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूले प्रदेश प्रहरी प्रमुख कार्कीलाई झापा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावि कार्य योजना, सुरक्षा चुनौतिहरु, भारतीय काउन्टर पार्टस संगको समन्वय र सहकार्य लगायतका विषयहरुमा अवगत गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here