अर्जुनधारा ।

झापाको अर्जुनधारा–७स्थित शनिश्चरे बहुमुखी क्याम्पस अन्र्तगत स्वतन्त्र विद्यार्थी युनियन एवम् अतिरिक्त क्रियाक्लाप समितिको आयोजनामा सोमबार स्वागत एवम् विदाई कार्यक्रम सम्पन्न भएको छ ।
युनियनका सभापति विशाल थापाको अध्यक्षता र वडाध्यक्ष गोविन्द खतिवडाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्नातक तह प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत एवम् चौथो वर्षका विद्यार्थीहरुलाई विदाई गरिएको थियो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष हेमप्रसाद खरेल, क्याम्पस प्रमुख मोहन ओली, कनकाई आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन सभापति किरण गुरुङ, विद्यार्थी शर्मिला न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
युनियनकी कोषाध्यक्ष अनुजा भट्टराईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सदस्य सन्तोष मिश्र र सञ्चारकर्मी रञ्जिता खड्काले संयुक्तरुपमा गरेका थिए । सोही कार्यक्रमको अवसरमा नृत्य प्रतियोगिता पनि सञ्चालन गरिएको थियो ।

जसअनुसार बुद्धशान्ति गाँउपालिकास्थित बुद्ध आदर्श माध्यमिक विद्यालय प्रथम, अर्जुनधारा नगरपालिका–१ सिस्नेस्थित सिंहदेवी माध्यमिक विद्यालय द्वितीय र शनिश्चरे बहुमुखी क्याम्पस तृतीय भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका विद्यार्थीहरुलाई नगद पुरस्कार क्रमश तीन हजार, दुई हजार र १५ सयसहित प्रमाण पत्र र ट्रफी प्रदान गरिएको युनियनका अध्यक्ष थापाले जानकारी दिए । प्रतियोगिताका निर्णायकहरु नृत्य कलाकार संघ कोशी प्रदेशका अध्यक्ष सुनिल थापा र संघ झापाका सदस्य अजय चौधरी रहेका थिए ।