एम्समा निर्वाचन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

0
135
अर्जुनधारा । 
झापाको अर्जुनधारा–८ शनिश्चरे बजारस्थित एम्स एकाडेमीको आयोजनामा विद्यार्थीहरुलाई लक्षित गरि निर्वाचन सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय अन्र्तगतको शिक्षक–अभिभावक संघका अध्यक्ष रमेश नेपालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि उप्रेतीसँगै अभिभावक जीतेश योञ्जन, मदनबहादुर बुढाथोकीले विद्यार्थीहरुलाई निर्वाचन सम्बन्धी जानकारी गराएका थिए । विद्यालयका प्रधानाध्यापक ओमप्रकाश ओझाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन संयोजक त्रिलोचन दाहालले गरेका थिए ।
यसैबीच सोही दिन समपन्न भएको निर्वाचनबाट विद्यालयको विभिन्न पदका लागि विद्यार्थीहरु छनौट भएका छन् । विद्यालयका प्रधानाध्यापक एवम् प्रमुख निर्वाचन आयुक्त ओझाका अनुसार स्कूल क्याप्टेनमा लोचन बराल निर्वाचित भएका छन् ।
त्यसैगरी भाइस क्याप्टेनमा मुना तिम्सिना, प्रीफेटद्वयमा मिलन अधिकारी र दीपसना कटुवाल निर्वाचित भएका छन् । त्यस्तै चार वटा हाउस क्याप्टेनतर्फ सुमिना अधिकारी, नेहा कडरिया, रीया चौहन र एञ्जिला गौतम तथा हाउस भाइस क्याप्टेनतर्फ मन्तोष ठाकुर, अस्मिता अधिकारी, अनुष्का नेपाल र कुञ्जन खरेल निर्वाचित भएका छन् ।
निर्वाचनमा १२ वटा पदका लागि ३६ जनाले प्रतिस्पर्धा गरेका थिए । जसअनुसार स्कूल क्याप्टेनमा तीन जनाा, भाइस क्याप्टेनमा दुई जना, प्रीफेटमा पाँच जना, हाउस क्याप्टेन तथा भाइस क्याप्टेनतर्फ २६ जनाको उम्मेद्ववारी रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here