कमल नगर अस्पतालद्वारा सुत्केरी तथा गर्भवती महिलालाई पोषण सामग्री र नगद वितरण

0
25

कमल ।

झापाको कमल गाउँपालिकामा रहेको कमल नगर अस्पतालले आज मातृ तथा शिशु स्वास्थ्य प्रवद्र्धनका कार्यक्रम अन्तरग गर्भवती महिलालाई पोषण सामग्री र नगद वितरण गरेको छ ।

गाउँपालिका वडा नं. २ मा मातृ तथा शिशु स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले सुत्केरी र गर्भवती महिलालाई पोषण सामग्री र नगद वितरण गरिएको हो ।

गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति, बजेट तथा कार्यक्रम अन्तर्गत समावेश गरिएको “सुरक्षित मातृत्व प्रवद्र्धन र गर्भ परीक्षणमा सक्रियता “ अन्तर्गत कार्यक्रमा सहभागी लाई गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले सुत्केरी तथा गर्भवती महिलालाई पोषण सामग्री र नगद वितरण गर्नु भएको थियो ।

कार्यक्रममा कमल नगर अस्पतालमा उपाध्यक्ष न्यौपानेले गाउँपालिकाको सामाजिक विकासको कार्यदिशा अनुसार महिलामैत्री स्वास्थ्य सेवा विस्तार गर्दै सुत्केरी तथा गर्भवती महिलाहरुलाई पोषण समाग्री तथा नगद सहयोग वितरण गर्नु भएको हो ।

वडा नं. २ अन्तर्गतका आर्थिक, सामाजिक रूपले पछाडि परेका तथा जोखिमपूर्ण अवस्थामा रहेका सुत्केरी महिलालाई दाल, चामल, घ्यू, अण्डा, आयोडिन नुन लगायतका अत्यावश्यक पोषणयुक्त सामग्री वितरण गरियो । कम्तीमा चार पटकसम्म नियमित गर्भ जाँच गराइसकेका गर्भवती महिलालाई प्रोत्साहन स्वरूप नगद रकम हस्तान्तरण गरिएको थियो कमल नगर अस्पतालका प्रमुख दिपक दाहालले बताउनुभयो ।

एक स्वस्थ आमा, दुइ स्वस्थ सन्तान र त्यो सन्तानले बनाउँछ समृद्ध समाज । भन्ने सोचका साथ कमल गाउँपालिकाले महिला मैत्री र सुरक्षित मातृत्व सुनिश्चित गर्ने कार्यक्रमहरूलाई उच्च प्राथमिकतामा राख्दै आएको छ ।

मातृ तथा नवजात शिशु मृत्यु दर घटाउन तथा गर्भवती अवस्था देखि नै महिलाहरूलाई हेरचाह र पोषणमा सजग गराउन गाउँपालिका दृढ रहेको उपाध्यक्ष न्यौपानेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here