खोकीको औषधि भन्दै श्रीमतीलाई विष खुवाएर मार्न खोजेपछि …

0
128

झापा,  खोकीको औषधि भन्दै श्रीमतीलाई विष खुवाएर मार्न खोजेपछि झापामा एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सप्तरी शम्भूनाथ नगरपालिका वडा नं. २ घर भई हाल दमक वडा नं. १ सुम्निमा टोलमा डेरा गरी बस्ने २५ वर्षीय दिलीपकुमार मरिक डोम रहेका छन् ।
गत चैत १० गते बिहान ८ बजे डोमले आफ्नै श्रीमती रेनु मरिकलाई बिष सेवन गराई ज्यान मार्न खोजेका थिए । उनले खोकी लागेका बेला कफ सिरप भनेर श्रीमतीलाई विष खुवाउन खोजेको बताइएको छ ।
यसअघि पनि श्रीमानले आफूलाई आगो लगाई मार्न खोजेको रेनुले बयान दिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए । उनीहरुका एक छोरा र एक छोरी रहेका छन् ।
घटनापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले आइतवार कल्याणपुरबाट पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी ज्यान मार्ने उद्योग मुद्धामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नयव उपरीक्षक खगेन्द्र वहादुर खड्काले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here