खोला बगरमा बालुवाले पुरेको अवस्थामा ११२० किलोग्राम गाँजा बरामद

0
17

सुनसरी।

सुनसरीको हरिनगर गाउँपालिका–५ र ६ स्थित कटान खोलाको बगरमा बालुवाले पुरेर लुकाई छिपाई राखेको अवस्थामा एक हजार एक सय २० किलिग्राम गाँजा प्रहरीले वरामद गरेको छ ।

खोला बगरमा गाँजा लुकाई राखेको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगंज र शसस्त्र प्रहरी बल समेतको संयुक्त प्रहरी टोली खटिएर कटान खोला बगरमा खोजतलास गर्ने क्रममा बालुवा मुनी गाडेको अवस्थामा प्लास्टिकको ३८ वटा बोरामा प्याक गरी राखेको एक हजार एक सय २० किलिग्राम गाँजा फेला पारेको हो ।

बरामद भएको गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याईएको छ भने ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास तथा अन्य थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here