पथरी शनिश्चरेमा शिक्षकहरूका लागि क्षमता विकास तालिम

0
7

पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरे नगरपालिकामा सामुदायिक विद्यालयहरूमा कार्यरत शिक्षक शिक्षिकाहरूलाई क्षमता विकास तालिम सञ्चालन भइरहेको छ।

बुधबार शिक्षा युवा तथा खेलकुद शाखा पथरी शनिश्चरेको आयोजनामा सामुदायिक विद्यालयका आईटी स्रोत शिक्षकहरूका लागि ५ दिने क्षमता विकास तालिम सुरु भएको हो ।

पथरी शनिश्चरे वडा नं १ को पञ्चायत माविको हलमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको थियो। उक्त तालिममा नगरभरिका सबै सामुदायिक विद्यालयका आई।टी। स्रोत शिक्षकहरुले सहभागिता जनाएका छन्।

सो अवसरमा शिक्षा युवा तथा खेलकुद शाखा पथरी शनिश्चरेका शाखा प्रमुख नवीन खुलाल बुढाथोकी , पञ्चायत माविका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी, पथरी शनिश्चरे नगरपालिकाकै मन्टेश्वरी स्कुलमा कार्यरत शिक्षक शिक्षिकाहरूका लागि मंगलबार तालिम सम्पन्न भएको छ। नगरभित्रका प्रारम्भिक वाल विकास कक्षामा कार्यरत सहजकर्ताहरुको लागि मन्टेश्वरी पद्धतिमा आधारित ७ दिने पुनर्ताजगी तालिमको समापन भएको थियो ।

शिक्षा, युवा तथा खेलकुद शाखा पथरी शनिश्चरे नगरपालिकाद्वारा आयोजित तालिमको सहजकर्ता यमुना तिम्सिना र सुजता खनाल रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here