झापा । झापाको दमकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक ४ बस्ने ३६ वर्षीय मिलन थापा रहेका छन् ।
आज साँझ अन्दाजी ७।२० बजे दमक नगरपालिका वडा ७ पशुहाट डाँडास्थित पूर्वपश्चिम लोकमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको मे १ ख ३०२७ नम्बरको यात्रुबाहक बस र केर्खाबाट दमकतर्फ जाँदै गरेको प्र।१–०२–०५२ प। २२११ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक दमक ४ बस्ने ३६ वर्षीय मिलन थापा गंभीर घाइते भएका थिए । उनलाई उपचारका लागि आर्य न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा राति ८स४० बजे डाक्टरले मृत घोषणा गरेका थिए ।
बस चालक गौरादह ४ बस्ने ३२ वर्षीय सरकार टुडु र दुबै सवारी साधन इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।