सूर्योदय र सिंह आदर्शमा बालअधिकार सचेतना

0
74

इलाम ।

दानाबारी सामुदायिक सिकाई केन्द्र माई नगरपालिका–४ इलामको आयोजनामा बालअधिकार, दुर्वेशन विरुद्ध तथा कानुनी साक्षरता सम्बन्धी एक–एक दिवसीय सचेतना सम्पन्न भएको छ ।

सूर्योदय आधारभूत विद्यालय माई–५ खर्बनीमा शुक्रबार र सिंह आदर्श आधारभूत विद्यालय माई नगरपालिका १० लोदियामा विहिवार सचेतना कार्यक्रम सम्पन्न भएको हो।

माई नगरपालिका इलामको सहयोगमा सम्पन्न सचेतना कार्यक्रममा सहजकर्ताहरु विमल दहाल, दुर्गा राज शंकर, यदुनाथ दुलाल र सिता भट्टराईले बालअधिकार, दुर्वेशन विरुद्धको सचेतना, साइबर अपराध, घरेलु हिंसा, बालश्रम, बालविवाह, सामाजिक समस्या लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो।

दानाबारी सामुदायिक सिकाई केन्द्रका अध्यक्ष बिमल दाहालको अध्यक्षतामा शुरु भएको कार्यक्रममा प्रमुख अतिथि सिंह आदर्श आधारभूत विद्यालयका प्रधानाध्यापक टोलबहादुर चौहान, सुर्योदय आधारभूत विद्यालय माई ५ खर्बनीका निमित्त प्रधानाध्यापक नयाँराम सिंजापतिले विद्यालय तहमा यस किसिमको सचेतनाले विद्यार्थीहरूको सकारात्मक सोच र अधिकारका वारेमा जानकारी रहने विश्वास गर्नुभयो । विधालयका शिक्षक, बिधार्थी गरि १३० जनाको सहभागीता रहेको कार्यक्रम सिकाई केन्द्रले अन्य बिधालय समेत सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष दहालले जानकारी दिनुभयो।

अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुर अन्तरगत २०६८ सालबसट स्बीकृत रहि साक्षरता कार्यक्रम, आयमुलक कार्यक्रम, सचेतनामुलक कार्यक्रम, सिपमुलक कार्यक्रम लगायत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

दानाबारी सामुदायिक सिकाई केन्द्रले आगामी जेठ २५ गते १२ आधारभूत विद्यालय समेटेर आधारभूत विद्यालय स्तरीय हाजिरी जबाफ प्रतियोगिता गरुवा आधारभूत विद्यालय माई४ मा गर्ने तयारी गरेको अध्यक्ष दहालले जानकारी दिनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here