झापा । आफ्नै संस्थाका ऋणी सदस्यबाट बिर्तामोडस्थित धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेललाई ज्यार्ने धम्की आएको भन्दै जिल्ला सहकारी संघ झापाले आपत्ति जनाएको छ ।
शुक्रवार विज्ञप्ति जारी गर्दै जिल्ला सहकारी संघ झापाले आपत्ति जनाएको हो । जारी विज्ञप्तिमा कर्जा तागेताको विषयलाई लिएर धारिलो हतियार निकाली, गालीगलौज गरी ज्यान मार्ने धम्की दिएको र त्यसपछि संस्थाका कार्यकारी प्रमुखलार्य समेत फोनटबा गालीगलौज गर्दै ज्यानमार्ने धम्की दिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संस्थाबाट ऋण लिएपनि नतिर्ने, नतिर्न उद्र्धी गर्ने लगायत सदस्यहरुलाई भ्रम सिर्जना गर्ने, समाजमा अराजकता र अनुशासनहिनता स्थापित गरी आफूले लिएको ऋण नतिर्ने, सके ऋण दिने संस्थालाई नै धरासायी पार्ने दुत्साहष नगर्न विज्ञप्तिमा भनिएको छ ।
बिर्तामोड –४ मा प्रधान कार्यालय रहेको धौलागिरी– पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएको भन्दै सहकारीले आपत्ति जनाएको छ । झापा साविक बुधबारे –६ हाल विर्तामोड –१ मा बस्दै आएका खगेन्द्र क्षेत्रीले बिहीबार बिहान फोन गरी घरमै आएर ज्यान मार्ने धम्की दिएको बताइएको छ ।
शुक्रबार संस्थाले पत्रकार सम्मेलन गरी घटनाको जानकारी गराउँदै दोषीलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गरेको छ । क्षेत्रीले संस्थाबाट २०७७ साल चैत्र २ गते २५ लाख ऋण लगेको र सो साँवाको हालसम्म ४४ लाख २९ हजार ३४५ रुपैया ऋण पुगेको र सो ऋण बुझाउन ताकेता गर्न सञ्चालक समिति सदस्य तथा ऋण असुली समिति संयोजक भीमबहादुर पौडेल उनको घरमा गएका थिए ।
घरमा जाँदा कत्ति निकालेर धाकधम्की दिए पछि संस्थाले कानूनी बाटोबाट जानकारी गराउन पत्राचार गरेको थियो । त्यस क्रममा कार्यकारी प्रमुख पौडेलमाथि क्षेत्रीले धम्क्याएको संस्थाका अध्यक्ष भट्टराईले जानकारी दिए । पौडेल र क्षेत्रीबीच भएको अडियो संवादमा क्षेत्रीले ‘पर्खी तँलाई घर मै आएर छप्काउँछु’ भनेको सुनिन्छ । ‘ऋण असुलीका लागि संस्थाले पत्राचार गरेपछि कार्यकारी प्रमुख पौडेललाई व्यक्तिगत नम्बरमा फोन गरी घर मै आएर कत्ति हान्नेसम्मको धम्की दिएको घटना अत्यन्त निन्दनीय र भत्र्सनायोग्य छ ।
संस्थागत व्यवहार संस्थागत रुपमा छलफल हुनुपर्नेमा कर्मचारीलाई धाकधम्की दिनु कानूनको बर्खिलाप रहेको सहकारीले जनाएको छ । सहकारी अभियानमाथि चौतर्फी आक्रमणको घटना भइरहेको अवस्थामा यस्ता घटनाले सिंगो सहकारीमा कार्यरत कर्मचारीहरुको मनोबल घटाउने र ऋण लिएर तिर्नुपर्दैन भन्ने मनस्थिति भएका व्यक्तिहरुलाई मलजल पुग्ने भएकाले निज खगेन्द्र क्षेत्रीलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न प्रशासन समक्ष जोडदार माग गर्दछौं । साथै, संस्थामा कार्यरत कर्मचारीहरुको सुरक्षाका निमित्तसमेत स्थानीय प्रशासन समक्ष माग गर्दछौं,’ –विज्ञप्तिमा भनिएको छ ।
एउटा सदस्यले गरेको बचत अर्को सदस्यलाई ऋणको रूपमा दिइने भएकाले समयमा साँवा–ब्याज नबुझाउँदा सहकारी समस्यामा पर्ने अध्यक्ष भट्टराईले बताए । उनले सदस्यले लिएको ऋण समयमा तिर्नु नैतिक दायित्व भएको बताए । समयमा साँवा ब्याज भुक्तानी नगर्ने सदस्यहरु ऊपर कानूनी कारबाही गर्नु संस्थाको बाध्यता हुने उनको भनाइ थियो ।
यसैबीच को–अपरेटिभ मेनेजर्स क्लबका झापा सदस्य पर्वत चिमरियाले कर्मचारीमाथि हुने प्रहार सैह्य नहुने बताएका छन् । यस्ता घटनालाई प्रशासनले गम्भीरताका साथ अनुसन्धान गरी तत्काल कारबाही गर्न पनि उनले माग गरे ।