योगेन्द्र योगी
बिराटनगर,
कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा लागूऔषध कारोबारी गर्ने माथि व्यापक धडपकड गरी रहेको बेला झापा, सुनसरी र इलामबाट लागुऔषध सहित १७ जनालाई प्रहरी पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत लागूऔषधको प्रयोग तथा ओसार पसारलाई नियन्त्रण गर्न परिचालन भएको प्रहरी टोलीले जेठ २३ गते झापाको मेचीनगर-१३ स्थितबाट सोही स्थानका ३५ बर्षीय लक्ष्मि सोरेन, २६ बर्षीय बिष्णु मग्राती र मोरङ लेटाङका २९ बर्षीय सन्तोस परियारलाई १ ग्राम १५० मिलिग्राम र शिवसताक्षी नगरपालिका- १ का २६ बर्षीय प्रनिस मुखिया, २४ बर्षीय तेज बहादुर दर्जीलाई ७०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
त्यसैगरी सुनसरीको कोशी गाउँपालिका-१ स्थितबाट सोही स्थानका हिमाल कुमार मण्डल, करण कुमार मण्डल, २१ बर्षीय दयानन्द कुमार यादव, ईटहरी-५ का ३३ बर्षीय अजय चौधरी, धरान -१७ का २७ बर्षीय बिवेक बिश्वकर्मा, संगम राई, १९ बर्षीय किरण राई, बराहक्षेत्र-७ का २२ बर्षीय कौशल कालिकोटे र २० बर्षीय याकुव राईलाई २२ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिए।
यस्तै प्रवक्ता दाहालका अनुसार इलामको इलाम नगरपालिका-७ स्थितबाट सोही स्थानका २६ बर्षीय रुपन राई, देउमाई नगरपालिका- २ का २९ बर्षीय पासाङ शेर्पा र माई नगरपालिका- १ का २१ बर्षीय अबिरल राईलाई १ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको बताए ।
उनीहरु सबैको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा प्रहरीले प्रत्येक दिन दर्जन भन्दा बढी लागूऔषध कारोबारीलाई पक्राउ गरिरहेको भएपनि लागूऔषध सेवन तथा ओसारपसार गर्नेको संख्यामा भने कमी आएको छैन। बरु हरेक दिन ओसारपसार गर्नेको संख्या बढिरहेको छ।