युवा व्यवसायी तथा सामाजिक अभियन्ता चौलागाईद्वारा विद्यार्थीलाई कापी र जुत्ता वितरण

0
44

बिराटनगर,

युवा व्यवसायी तथा सामाजिक अभियन्ता नेत्र प्रसाद चौलागाईले विद्यार्थीहरुलाई कपी र जुत्ता वितरण गरेका छन्। मोरङको सुन्दरहरैंचामा क्रियासिल स्वतन्त्र नागरिक समाजको तेस्रो वार्षिकोत्सवको अवसरमा सुन्दरहरैंचा–३ मा अवस्थित जननी आधारभूत विद्यालयका कक्षा १ देखि ५ सम्म अध्यनरत विद्यार्थीलाई कपी र जुत्ता वितरण गरेका हुन्।

समाजका सदस्य समेत रहेका युवा व्यवसायी तथा सामाजिक अभियन्ता चौलागाईले गरिबीका कारण अधिकांश बालबालिका विद्यालय छोड्ने गरेकाले बालबालिकाको नियमित विद्यालयमा सहज पहुँच पुर्‍याउन उनीहरूको पठनपाठनमा सुधार ल्याउन आफू सहयोग गरेको र आगामी दिनहरुमा पनि यस्ता सहयोग गर्ने बताए।

शिक्षाको पहुँचबाट कुनैपनि बालबालिका विमुख नहुने वातावरण निर्माणका लागि सबैले साथ र सहयोग गर्नुपर्ने उनले बताए। अभियन्ता चौलागाई विद्यार्थीलाई कपी र जुत्ता वितरण गर्ने मात्र होइन हरेक दुखमा परेका नगरिकको पिडामा मलम लगाउने व्यक्ति हुन्। उनीकै नेतृत्वमा सुनसरीको इनरुवा नगरपालिका ७ स्थित ग्रीन सिटीको हाता भित्र पाथिभरा माताको मन्दिर पनि निर्माण भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here