बैंकिङ कसुर मुद्दामा एक करोड बिगो कायम गरिएका व्यक्ति पक्राउ

0
90

झापा , बैंकिङ कसुर मुद्दामा प्रहरीले काठमाडौँबाट एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकादो घर भई हाल काठमाडौँको बत्तिसपुतली बस्ने वर्ष ४७ को गणेश प्रसाद शर्मा रहेका छन्।  उनीमाथि झापा जिल्ला अदालतबाट एक करोड रुपैयाँ बिगो कायम गरिएको छ।
जिल्ला अदालत,भद्रपुर झापाबाट २०८२ वैशाख २८ गते पक्राउ अनुमति जारी भएका शर्मालाई ईलाका प्रहरी कार्यालय अनारमनी झापाको पत्रानुसार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
उनीमाथि आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय, अनारमनी विर्तामोड, झापा पठाईएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here