मातृभाग्यरेखा बचत तथा ऋण सहकारीको १५ औं बार्षिकोत्सव

0
36

बिर्तामोड।

झापाको बिर्तामोडस्थित मातृभाग्यरेखा बचत तथा ऋण सहकारी संस्थाले सदस्य शिक्षा तालिम आयोजना गरेर १५ औं बार्षिकोत्सव मनाएको छ।

संस्थाका अध्यक्ष टंकप्रसाद दवाडीको अध्यक्षता तथा प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयका बरिष्ठ शाखा अधिकृत प्रमुख प्रशिक्षक मनोज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख सल्लाहकार कुलप्रसाद खरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रशिक्षक कार्कीले सहकारीका बिबिध बिषयबारे जानकारी गराएका थिए। कार्यक्रममा सुरूङ्गा सेवाकेन्द्र संयोजक दिव्यराज ढकाल , पूर्व सञ्चालक समिति सदस्य मायादेबी प्रधानलगायतले तालिम फलदायी भएको बताएका थिए।

संस्थाको शिक्षा उपसमितिको आयोजनामा भएको कार्यक्रमको सञ्चालन संस्थाकी सञ्चालक समिति सदस्य द्रौपदी गणेशले गरेको व्यवस्थापक बिनोद गणेशले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here