अत्यधिक गर्मीका कारण झापाको कमलमा दुई दिन विद्यालयहरु बन्द

0
20

झापा ।

केही दिनदेखिको अत्यधिक गर्मीका कारण झापामा पनि विद्यालयहरु बन्द हुन थालेका छन् ।

यसैक्रममा झापाको कमलमा गर्मीका कारण पठनपाठनमा समस्या भएपछि जेठ २८ र २९ गते गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरूलाई दुई दिन बिदा दिइएको हो ।

गर्मीका कारण विद्यार्थीहरूको पठनपाठनमा समस्या भएकोले मीन पचासको बिदाबाट कट्टा हुने गरी दुई दिन पठनपाठन स्थगित गर्न गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले सबै विद्यालयहरूलाई सूचित गरेका छन् ।

कमल गाउँपालिकामा २१ वटा सामुदायिक र २९ वटा संस्थागत विद्यालय रहेका छन् । विद्यार्थीहरूको समस्यालाई मध्यनजर गरी दुई दिनका लागि पठनपाठन रोक्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले बताए । अत्यधिक गर्मीका कारण बालबालिका र बृद्धबृद्धाहरु बढी प्रभावित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here