सुनका गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर खारेज हुनु पर्ने माग सहित सुनचाँदी व्यवसायी आन्दोलित

0
76

झापा, विभिन्न ६ सूत्रीय माग राख्दै नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघ आन्दोलित बनेका छन् । सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा आम उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी सुनचाँदी तथा हिरा, जवाहतरात र हस्तकलाका सामग्रीमा चर्काे कर वृद्धि गरेको भन्दै व्यवसायी आन्दोलित बनेका हुन् ।

झापाको बिर्तामोडस्थित नेपाल सुनचाँदी व्यवसायी महासंघको कार्यालयमा विहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय तृतीय उपाध्यक्ष रुपदल विश्वकर्मा ‘राजु’ले सुन तथा सुनका गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर खारेज हुनु पर्ने, हिरा – जवाहरात जडित जहनामा लागू गरिएको मूल्य अविृद्धि कर तत्काल पुर्नविचार गरी खारेज गरिनु पर्ने, सुनचाँदीको कारोवारलाई दीर्घकालीन रुपमा प्रोत्साहित गर्न चाँडो भन्दा चाँडो ऐन, नियम तथा नीतिहरु निर्माण गरिनु पर्ने बताए ।
महासंघले कर संरचना परिवर्तन गर्नु पूर्व मौजुदा व्यवसाय, रोजगारी तथा वजारमा पर्ने दुरगामी प्रभावको विस्तृत अध्ययन गर्न माग समेत गरेको छ । अध्ययनविना करको दायर बढाउन सरकारलाई सुझाव समेत दिएको छ ।
छिमेकी मुलुक भारतमा सरह नै नेपालमा पनि भन्सार दर ६ प्रतिशत कायम गरिने पर्ने महासंघको माग रहेको छ । विश्व वजारको मान्यता अनुसार गुणस्तर प्रमाणीकरणको लागि अन्तराष्ट्रिय मान्यता प्राप्त ल्याव स्थापना गरिनु पर्ने महासंघको माग छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ झापाका अध्यक्ष रमेश विश्वकर्माको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा संघका सल्लाहकार वलराम कार्की , केन्द्रीय सदस्य राजकुमार गुप्ता लागायतको आतिथ्य रहेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here