महिला मुक्ति अभियानको लौङ्गिक हिंसा न्यूनीकरण सम्वन्धि कार्यक्रम

0
38

झापा, झापाको बिर्तामोडमा एक दिने लौङ्गिक हिंसा न्यूनीकरण , व्यक्तित्व विकास र चेलिवेटी बेचविखन न्यूनीकरण सम्वन्धी जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ ।
महिला मुक्ति अभियान झापाको आयोजना र बिर्तामोड नगरपालिका वडा नम्वर ५ को आर्थिक सहयोगमा बिर्तामोड ५ मा सो कार्यक्रम सम्पन्न भएको हो ।
बिर्तामोड नगरपालिका – ५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न टोल, र संघ संस्थाका महिलाको सहभागीता रहेको थियो ।
महिला मुक्ति अभिायन झापाकी अध्यक्ष राधु सुब्बको अध्यक्षतामा भएको कार्यक्रममा ७० जना महिलाको सहभागीता रहेको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठ, चेम्वर अफ कर्मस झापाका अध्यक्ष ओमकृष्ण विमली, महिला उद्यमी सुष्मा पौडेल , पुरानो सगरमाथा टोलका उपाध्यक्ष वावुराम घिमिरे, सहभागीका तर्फबाट समापन कार्यक्रममा पार्वता विमली खरेल , पूर्ण कुमारी लावती, चन्द्रा सेढाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाकी पूर्व सचिव विनिता तामाङले कार्यक्रममाथि प्रकाश पारेको कार्यक्रमको सहजीकरण कानून व्यवसायी लक्ष्मी खनाल कोइरालले गरेकी थिइन् ।
कार्यक्रममा स्वागत संस्थाकी उपाध्यक्ष अनिता पुरीले गरेकी थिइन् भने कार्यक्रमको संचालन सचिव देवका भट्टराईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here