पथरी शनिश्चरेमा कानुन पत्रकारिता तालिम

0
26

पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरेमा नेपाल पत्रकार महासंघ मोरङले एक दिवसीय कानून पत्रकारिता तालिमको आयोजना गरेको छ।

आज शनिबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको सहकार्यमा मोरङको पथरी शनिश्चरे वडा नं २ को सिन भिलेज पार्टी प्यालेसमा उक्त तालिम सम्पन्न भएको हो।
पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले उक्त तालिमको व्यानर पठेर उद्घाटन गर्नुभएको थियो।

उद्घाटन गर्नुहुँदै नगरप्रमुख तुम्वापोले संचारकर्मीहरूले कानुन र संविधानको परिधिमा रहेर पत्रकारिता पेशा अंगाल्न सुझाव दिनु भएको थियो। उहाँले के लेख्न हुने वा नहुने भन्ने मूल कुराहरूलाई पत्रकारले ख्याल गर्नु समेत अनुरोध गर्नुभयो।

तालिम नेपाल पत्रकार महासंघ मोरङ शाखाले हिजो विराटनगरमा आयोजना गरेको थियो भने आज सोही तालिम मोरङको पथरी शनिश्चरेमा आयोजना गरेको हो। राष्ट्रिय सभाका पूर्व सचिव तथा अधिवक्ता राजेन्द्र फुयाल प्रमुख प्रशिक्षक रहनुभएको उक्त तालिममा पुर्वी तथा उत्तरी मोरङका उर्लाबारी, पथरी शनिश्चरे, लेटाङ, कानेपोखरी, बेलबारी, लगायतका विभिन्न पालिकामा रहेर पत्रकारिता गर्दै आएका संचारकर्मीहरुले तालिममा सहभागीता जनाएका छन्। तालिममा अधिवक्ता राजेन्द्र फुयालले अदालतीय पत्रकारिता तथा उमेश कोईरालाले साईबर अपराध सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो।

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सुशिला पाठकको अध्यक्षतामा सम्पन्न भएको उक्त तालिमको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ केन्द्रिय उपाध्यक्ष अर्जुन जम्नेली राई, कोशी प्रदेश सचिव अरविन्द मेहता तथा कोषाध्यक्ष सुदीप कोईराला, तथा नेपाल पत्रकार महासंघ मोरङका वर्तमान कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन सचिव नेत्र पी अधिकारीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here