सामुदायिक विद्यालय समितिहरू संगठित हुँदै

0
24

सुरुङ्गा।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

महासङ्घ झापा जिल्ला आयोजक समिति संयोजक बुद्धिमान कार्कीको अध्यक्षता, केन्द्रीय सचिव काशीनाथ दङ्गालको प्रमुख आतिथ्य, जिल्ला शिक्षा समिति झापाका प्रमुख समेत रहेका जिल्ला समन्वय समिति (जिसस) झापाका प्रमुख विश्वनाथ बरालको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको विशेष आतिथ्य रहेको थियोे ।

कार्यक्रममा महासंघका केन्द्रीय सल्लाहकार युवराज बाँस्कोटा, नेपाल शिक्षक सङ्घ जिल्ला सदस्य देवेन्द्र राजवंशी, प्रिन्सिपल एसोसिएसन नेपाल (प्यान) का झापा जिल्ला सदस्य बालकृष्ण प्रसाईं, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको कोशी प्रदेश अध्यक्ष हरिबहादुर कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रमुख अतिथि दङ्गालले विद्यालय व्यवस्थापन समितिहरूको हरेक बैठकमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने एजेन्डा राख्नुपर्ने बताए । दङ्गालले शिक्षा ऐनमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल उल्लेख गरिनुपर्ने, विद्यालय व्यवस्थापन समिति र शिक्षक सामाजिक अभियन्ता बन्नुपर्ने, शिक्षकले आफ्ना सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने, स्थानीय सरकारले नीति नियम बनाउँदा शैक्षिक सुधारलाई केन्द्रविन्दुमा राख्नुपर्ने लगायतका सुझाव राखेका थिए ।

अधिवेशनले अध्यक्ष बुद्धिमान कार्की, उपाध्यक्ष केदारबहादुर बुढाथोकी, सचिव श्यामवीर लिम्बू, कोषाध्यक्ष निर्मला सिलवाल र सदस्यहरू रिना दर्नाल, पुनम सुवेदी, माधव पोखरेल, पर्शुराम विश्वकर्मा, गोपाल तामाङ, पशुपति सङ्ग्रौला, सन्तोष राई, तुलसीराम खतिवडा र यसोदा चापागाईं रहेको १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेछ । दुई सदस्य पछि थप गरिने बताइएको छ ।

अधिवेशनले कोशी प्रदेश अध्यक्ष हरिबहादुर कार्की संयोजक, पूर्णबहादुर खड्का सचिव र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय सदस्य चन्द्रप्रसाद प्रसाईं, भगवती आधारभूत विद्यालयका अध्यक्ष ओमप्रसाद पाठक, कन्काई मावि सुरुङ्गाका विव्यस सदस्य क्रान्ति सुवेदी रहेको ५ सदस्यीय निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयन गरेकोे थियोे ।
कार्यक्रमको सञ्चालन कोशी प्रदेश सचिव पुष्प पराजुलीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here