सुन्दरहरैंचामा क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सुरु

0
22

बिराटनगर,

मोरङको सुन्दरहरैंचा वडा नम्बर – ३ मा क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सुरु भएको छ। महिला अधिकारका लागि राष्ट्रिय अभियान संस्थाले आयोजनाको आयोजनामा तीन दिने क्षमता अभिवृद्धि तालिम शुरु भएको हो।

संस्थाकी अध्यक्ष रिता दाहालको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथिमा वडा सदस्य निलम अधिकारीले रहेकी थिईन् । विशिष्ट अतिथिमा सामाजिक अभियन्ता नेत्र प्रसाद चौलागाई र जेष्ठ नागरिक समाजका अध्यक्ष भीम बहादुर कार्की, लायन्स क्लब गछियाका अध्यक्ष कमल दाहालको उपस्थिति रहेको थियो ।

संस्थाकी सचिव रिता खड्ले बोलाइएका प्रमुख अतिथिले अन्तिम समय आएर नआउने जानकारी गरापछि वडा सदस्य निलम अधिकारलाई प्रमुख अतिथि बनाउनु परेको जानकारी दिईन् । सचिव खड्काले आक्रोश व्यक्त गर्दै हामी महिलाहरुको कार्यक्रममा अतिथिको लागि बोलाउँदा आउँछु भनेर नआउने अनि महिलाहरुले उनीहरुको लागि चुनावी मावल बनाउनु पर्ने अब यस्तो सम्भव नहुने भन्दै आक्रोश पोखिन्।

प्रमुख अतिथि समेत रहेकी वडा सदस्य अधिकारीले हिलाहरुले आफ्नो टोल तथा छिमेकमा देखिएका समस्याको खबरदारी गर्न तथा योजना माग गर्नको लागि पनि उनिहरुलाई बोल्न सक्ने क्षमता तथा समुह सञ्चालनको लागि नेतृत्व गर्ने क्षमता आवश्यक भएकोले यो तालिम आयोजना भएकोमा खुसी लागेको बताए।

कार्यक्रमका विशिष्ट अतिथि सामाजिक अभियन्ता नेत्र प्रसाद चौलागाईले महिलाहरुमा आएको जागरणले आफूलाई खुसी लागेको बताउँदै अझ आवश्यक कामहरु गर्न कटिबद्ध हुनुपर्ने धारणा राखे। सामाजिक अभियन्ता चौलागाईले संस्थाको हितमा बोल्दै प्रमुख अतिथिको चर्चा परिचर्चा महिलाहरुले गरिरहँदा गर्मी धेरै बढेको कारण अनुपस्थित भएको भन्दै ब्याङ्ग गरे ।

कार्यक्रममा संस्थाकी अध्यक्ष रिता दाहालले पनि अतिथि नआएकोमा दुखेसो पोख्दै अब आमूल परिवर्तनको हामी महिलाहरुले वुलन्द आवाज उठाउँदै हामी महिलाहरुले नेतृत्व गर्ने ठाउँमा पुग्नु पर्ने त्यसको लागि एकजुट बताईन्।

कार्यक्रम अभियन्ता चौलागाई,जेष्ठ नागरिक समाज सुन्दरहरैचा लगायत विभिन्न व्यक्तिहरुले सहयोगमा संचालन भएको सस्थाले जनाएको छ । उद्घोषण तालिमको प्रशिक्षक रुद्र बहादुर तामांङ रहेका छन् भने कार्यक्रम असर २ गते समापन हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here