झापा,
नेत्रहीन युवा संघ नेपाल झापाको अध्यक्षमा रोशन थापा चयन भएका छन्।
बिर्तामोडमा भएको नेत्रहीन युवा संघ नेपालको चौथो जिल्ला अधिवेशनले थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा होमेन्द्र ढुंगेल, सचिवमा मुना भट्टराई, सह-सचिव निर्मला कार्की,र कोषाध्यक्षमा मिना गिरी चयन भएका छन्। त्यसैगरी सदस्यमा पवित्रा तामाङ, शम्भु राजबंशी, दिपक तामाङ र गोविन्द न्यौपाने रहेका छन्।
नेत्रहीन युवा संघ नेपालका अध्यक्ष दिलकुमार राजबंशीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष रोशन थापाले स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरउपप्रमुख संग्रौलाले अपांगताको क्षेत्रमा बिर्तामोड नगरपालिकाले ध्यान दिएको र आगामी दिनमा पनि नेत्रहीन संघलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा नेत्रहीन संघ झापाका अध्यक्ष होमनाथ राजबंशी, प्रमुख सल्लाहकार द्रोणचार्य निरौला, हल्दिबारी जेसिसका अध्यक्ष युनिता दवाडी, करुणा फाउण्डेसनका जिल्ला संयोजक निश्चल घिमिरे, नेपाल नेत्रहीन युवा संघ केन्द्रका प्रमुख कार्यकारी सल्लाहकार कलाधर भण्डारीले शुभकामना मन्तव्य राखेका थिए।
बिमल भट्टराईले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन आयोजक संस्थाका सहसचिव युवराज घिमिरेले गरेका थिए।