झापा, लागू औषध दुरुपयोग एवम् ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवास जुन २६ मा विश्वभर मनाइने गरिएको छ । यो दिवस नेपालमा पनि आगामी असार १२ गते सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दै मनाउन लागिएको हो ।
दिवसको अवसर पारेर जिल्ला प्रशासन कार्यालय झापाले विभिन्न कार्यक्रम आयोजना गरेको छ । गृह मन्त्रालयको परिपत्र अनुसार झापामा लागू औषध दुरुपयोग एवम् ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवास सभ्य र भब्य रुपमा मनाउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताएका छन् । उनका अनुसार आगामी असार ६ गतेदेखि झापामा यो दिवस मनाउन शुरु गरिने छ ।
लागू औषध ओसारपासार तथा यसको दुरुपयोग रोक्न असार ६ गते मेचीनगरमा सरोकारवालाहरुसंग अन्तरक्रिया गरिने छ । जहाँ मेचीनगर प्रमुख , उपप्रमुख, सुरक्षा निकायका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य कार्यालय, सीमा क्षेत्रका जनप्रतिनिधि , लागू औषध नियन्त्रण व्यूरो , सीमावर्ती भारतीय प्रहरी , सञ्चारकर्मी सहित सरोकारवालाको उपस्थिति रहेने छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, होटल व्यवसायी, विभिन्न क्लवका प्रतिनिधि, मेची सामुदायिक सेवा केन्द्रका प्रतिनिधिको सहभागीतामा लागू औषधको दुरुपयोग कसरी रोक्न सकिन्छ त्यस विषयामा छलफल हुने प्रमुख जिल्ला अधिकारी अधिकारीको भनाई छ ।
असार ६ गते नै सीमा नाका तथा सार्वजनिक सवारीमा लागू औषध ओसारपसारको कडा रुपमा चेकजाँच गरिने छ । जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा र सशस्त्र प्रहरी वल नेपाल नं. २ गण नेपाल हेटक्वाटर मातहतले यो कार्य गर्ने छ ।
असार ६ गते नै स्थानीय तहको नीति तथा कार्यक्रम वजेटमा लागू औषध मूलप्रवाहीकरण गर्न स्थानीय तहसंग छलफल गरिने छ ।
त्यस्तै असार ८ गते प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख, इलाका प्रशासन, वीओपी प्रमुख सहितको उपस्थितिमा छलफल गर्ने र उनीहरुले कम्तीमा एउटा विद्यालयमा लागू औषध दुरुपयोगका विषयमा कक्षा लिइने भएको छ ।
जिल्लामा सञ्चालनमा रहेका लागू औषध उपचार तथा पुनस्थापना केन्द्रको विवरण , उपचाररत संख्या, उपचार पश्चात निको भई घर फर्कनेको संख्या, सेवा शुल्क आदि विषयमा विवरण औषध नियन्त्रण अधिकारी मार्फत सार्वजनिक गरिने छ । यो कार्य असार ९ गते गरिन लागेको हो । जसको समन्वय स्थानीय प्रहरी इकाइले गर्ने छ ।
असार १० गते लागू औषध दुव्र्यसन मुक्त समाज निर्माणका लागि युवा र समाजको भूमिका विषयमा अन्तरसंवाद÷वक्तित्वकला÷निवन्ध लेखन प्रतियोगिताको आयोजना गरिने भएको छ । जसको समन्वय शिक्षा विकास तथा समन्वय इकाई झापाले प्याब्सन÷एन प्याब्सनसंगको सहकार्यमा गरिने छ । प्रतियोगिता बिर्तामोडमा हुने र एक÷एक जना छात्रछात्रालाई पुरस्कृत गरिने छ ।
असार १२ गते बिर्तामोड, भद्रपुर, दमक, लगायत पायक पर्ने स्थानमा प्रभात फेरि र सप्ताहव्यापी कार्यक्रम सहित समापन गरिने प्रमुख जिल्ला अधिकारीको भनाई छ । उनका अनुसार यो अवधिमा पालिकामा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा र वडामा सचिवको संयोजकत्वमा समिति गठन गरी कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत यो दिवस मनाउन नेपालका सबै स्थानीय तहलाई परिपत्र गरेको छ भने गृह मन्त्रालयले मातहतका सबै कार्यलयलाई यो दिवस मनाउन पत्रचार गरेको हो । सोही अनुसार झापामा पनि लागू औषध दुरुपयोग एवम् ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवास मनाउन लागिएको हो ।