लागूऔषधसहित पाँच जना पक्राउ

0
26

विराटनगर ।

सुनसरी र धनकुटाबाट लागूऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालतय भाण्टाबारी, लौकही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका– ८ र १ बाट चेकजाँचको क्रममा तीन ग्राम ७०५ मिलिग्राम ब्राउन सुगर सहित सप्तरी महादेवाका २२ बर्षीय मुकेश कुमार मण्डल, २८ बर्षीय सन्तोस कुमार मण्डल र धनकुटा पाख्रिबास नगरपालिका–९ का २७ बर्षीय रोशन तिम्सिनालाई प्र १–०२–०५६ प ८०७४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ ।

यता सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ बाट धनकुटा छथर जोरपाटी गाउँपालिका–१ का २९ बर्षीय दिलिप गजमेर (विश्वकर्मा)लाई २३ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यसैगरी धनकुटाको साँगुरीगढी गाउँपालिका–६ बाट इलाका प्रहरी कार्यालय भेडेटारले सहिदभूमि गाउँपालिका–२ का १९ बर्षीय सबिन राईलाई प्रहरीले दुई किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here