झापा ।
नेपाल पिछडा वर्ग महासंघले जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझाएको छ ।
महासंघ झापाका अध्यक्ष राजकुमार ठाकुरसहितका नेताहरुले विभिन्न पाँच बुदे माग राखेर जिल्ला प्रशासन कार्यालय झापामाा ज्ञापन पत्र बुझाएका हुन् ।
नेपाल पिछडा वर्ग महासंघका केनिद्रय अध्यक्ष गजेन्द्र ठाकुर नेतृत्वको टोलीले विभिन्न पाँच बुदे माग राखेर २०८१ फागुन १९ गतेदेखी माइती घर मण्डलामा शानितपूर्ण रुपमा आन्दमोलन गरे पनि राज्य पक्षले कुनै सुनुवाई नगरेको भन्दै महासंघले झापासहित देशका जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाउदैं सरकारको ध्यानाकर्षण गराएको हो ।
उनीहरुले सहायक सिडियो तेजप्रकाश प्रसाईलाई ज्ञापन पत्र बुझाउर्दै उनीहरुले उपेक्षित उत्पिडित र दलित वर्ग उत्थान समिति, पिछडिएको समुदाय उत्थान विकास समिति र बादी समुदाय उत्थान समितिमा पदाधिकारीहरु यथाशिघ्र नियुक्ति गरेर कार्याालय सञ्चालन गर्न माग गरेका छन् ।
त्यस्तै पिछडा वर्गले मन्त्रालयमा बुझाएका माग तुरुन्त कार्यान्व्यन गर्नुपर्ने, विना कारण निकालिएका कर्मचारीहरुलाई पुनबहाली गर्नुपर्ने, सरकारले आफहुरु संग गरेको सहमति तत्काल लागू गर्न माग गरेको छ ।
पिछडा वर्ग महासंघले आरक्षण सिट समावेश गर्न माग गरेको छ । ज्ञापन पत्र बुझाउन झापाका अध्यक्ष राजकुमार ठाकुरसहितका सचिव सकिउल्ला अन्सारी, सह–सचिव राजकुमार साह, पूर्वअध्यक्ष शंकर शर्मा र सदस्य भैजुलाल ठाकुर लगायतको सहभागिता रहेको थियो ।