हात्तिको आक्रमणमा घाइते वृद्धको मृत्यु

0
62

विनोद सापकोटा
झापा ।

झापाको मेचीनगरमा जंगली हात्तिको आक्रमणबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ।

मेचीनगर नगरपालिका–१ दुर्जनचोकका ६८ वर्षीय पूर्ण बहादुर श्रेष्ठलाई गएको असार २ गते बिहान करिब ४:३५ बजे आफ्नै बारीमा जंगली हात्तिले आक्रमण गर्दा गम्भीर घाइते भएका थिए। श्रेष्ठ आफ्नो घरबाट करिब ८ सय मिटर टाढा रहेको बारीमा हात्ति देखेपछि लखटाउने प्रयास गर्दै गर्दा हात्तिको आक्रमणमा परेका थिए।

घटनापछि श्रेष्ठलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। अस्पतालमा बाहिरी चोटपटक नदेखिए पनि श्रेष्ठको अवस्था गम्भीर रहेको र उनी बोल्न नसक्ने अवस्थामा पुगेको अस्पताल ले बताइएको थियो।

उपचार सम्भव नभएपछि असार ५ गते साँझ करिब ५ बजे उनका छोरा तेज बहादुर श्रेष्ठले उनलाई घर ल्याएका थिए। सोही दिन राति करिब ८:२० बजे आफ्नै घरमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घटना जानकारी भएपछि प्रनानि गणेश कुमार श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। जंगली हात्ति भने जंगलतर्फ फर्किएको बताइएको छ। प्रहरी र डिभिजन वन कार्यालयले उक्त क्षेत्रमा थप सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here