स्काउट प्रमुख न्यौपाने सम्मानित

0
57

कमल ।

कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा विहिवार नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसरमा मूल समारोह एवम् ज्याम्बोरेट स्मारिका विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीको अध्यक्षतामा सम्पन्न स्मारिका विमोचन कार्यक्रमको अवसरमा स्थानीय कमल गाउँपालिकाको प्रमुख स्काउटको रुपमामा रहेर अतुलनिय योगदान पुर्याएको भन्दै कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी लाई प्रमुख अतिथी समेत रहनु भएका प्रदेश प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री माननीय पाँचकर्ण राईले सम्मान पत्र द्वारा सम्मान गर्नु भएको थियो ।

त्यस्तै सोहि कार्यक्रमका अवसरमा कृष्ण कुमारी पोख्रेल निरौला लेटाङ नगरपालिका , अस्मिता थापा लिखु गाउँपालिका स्थानीय प्रमुख स्काउटहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा स्काउटको विकास र बिस्तारमा स्थानीय तहमा उच्च योगदान एवं सहयोग गर्ने स्थानीय स्काउट संरक्षकहरुमा.दिलप्रसाद राई बेलवारी नगरपालिका, मेवाहाङ्ग थोप्रा(रोशन) शिवसताक्षी नगरपालिका, रमेश कार्की बराहक्षेत्र नगरपालिकाकाको समेत उपस्थिती रहेको थियो ।

स्थानीय स्काउट कार्यालयहरु धरान उपमहानगरपालिका, गौरादह नगरपालिका र फाकफोकथुम गाउँपालिका र स्काउट दलहरूमा बरुनेश्वर स्काउट दल, मोलुङ गाउँपालिका, ओखलढुंगा,सरस्वती स्काउट दल, सिरिजङ्गा गाउँपालिका, ताप्लेजुङ, हिमालय स्काउट दल(आङ्ला), खककादवारी नगरपालिका, संखुवासभा ,सरस्वती स्काउट दल, हलेसी तुवाचुङ्ग नगरपालिका खोटाङ समेत सहभागी रहेको नेपाल स्काउट स्थानीय प्रमुख आयुक्त गुणराज गिरीले जानकारी दिनुभयो ।

नेपाल स्काउटले संचालन गरेका परियोजनाका प्रशिक्षकहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय परिषद सदस्य रवि खनाल, नवल प्रसाद उपाध्याय, निर्मला अधिकारी, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दामोदर फुयाल, नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षकहरु, सहायक राष्ट्रिय प्रशिक्षकहरु, स्काउट लिडरहरु, रोभर÷रेन्जर , स्काउटहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन प्रदेश अधिकृत नवराज घिमिरेले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रदेश सुशासन, स्रोत विकास तथा वित्त आयुक्त समर्पण खतिवडाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here