इलाममा ट्रकको ठक्करबाट बझाङका दुईजनाको मृत्यु

0
21

झापा।

इलामको रोङ गाउँपालिका–३ पाथले डाँडामा आज दिउँसो भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।

मेची राजमार्गमा झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ८९ प २२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको हो।

दुर्घटनामा बझाङको बित्थडचिर गाउँपालिका–१ का २६ वर्षीय मदनबहादुर बोहरा र जाजरकोट छेडागाडा नगरपालिका–८ की २३ वर्षीया सिर्जना गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

दुर्घटना आज दिउँसो ४ः१० बजे भएको हो। ट्रक र मोटरसाइकल बीचको तीव्र ठोक्किँदा दुबै गम्भीर घाइते भएका थिए। उनीहरूलाई उद्धार गरी अस्पताल लैजाने प्रयास गर्दा मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको इलाम प्रहरीले जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धानमा तीव्र गति र लापरवाही सम्भावित कारण हुन सक्ने देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here