नेपाल बार एसोसिएसनको महिला समिति गठन

0
42

झापा । नेपाल बार एसोसिएसनको महिला समिति गठन भएको छ । बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता सरस्वती श्रेष्ठको अध्यक्षतामा महिला समिति गठन भएको हो ।

बार एसोसिएसनको विधान, २०४८ को धारा २७ क ९४० बमोजिम महिला समिति गठन गरिएको हो । विधानमा बार एसोसिएसनको वर्तमान महिला उपाध्यक्ष महिला समितिको पदेन अध्यक्ष र वर्तमान सदस्यहरु र जिल्ला बारका सहसचिवहरू पदेन सदस्य रहने ब्यबस्था छ।

बार एसोसिएसन उपाध्यक्ष श्रेष्ठको अध्यक्षतामा गठित महिला समितिमा बार एसोसिएसनका सदस्यहरू अधिवक्ता शारदा गुरुङ, अधिवक्ता रन्जिता कार्की, अधिवक्ता इन्दिरा आचार्य पदेन सदस्य रहेका छन् भने सदस्य सचिवमा बार सदस्य अधिवक्ता रिंकुकुमारी यादव रहेकी छन् । त्यसैगरी अन्य पदेन सदस्यहरू सबै बार एकाईका सहसचिव रहने प्रावधान अनुसार झापाबाट बार एकाईका सहसचिव एवम् झापा बार महिला समितिकी अध्यक्ष अधिवक्ता सानु कार्की बस्नेत ‘सिता’ पदेन सदस्य रहेकी छन् ।

विधिको शासन, स्वतन्त्र न्यायपालिका र मर्यादित र निष्पक्ष बार स्थापित गर्ने उद्देश्यका साथ वरिष्ठ अधिवक्ता देवनाथप्रसाद वर्माको संयोजकत्वमा २०१३ साल पौष ७ गते बार एसोसिएसन स्थापना भएको हो । हाल २०८१ चैत्र २३ गते २७औ केन्द्रीय कार्यसमितिको निर्वाचन भई प्राडा विजयप्रसाद मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

केन्द्रीय कार्यसमितिमा महिला उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सदस्यहरूमा महिलाको प्रतिनिधित्व भएतापनि बार एसोसिएसन अध्यक्षमा महिलाको प्रतिनिधित्व हुन सकेको छैन । अब, महिला प्रतिनिधित्व बढाई समाजमा महिला पीडित हुने अवस्थालाई अन्त्यका लागि कानून व्यवसायी महिलाको पेशागत दक्षता र क्षमताको विकास गर्दै महिलामाथि समान र सम्मानजनक ब्यवहार नगर्ने जोसुकै पीडकलाई दण्डित गर्ने कानून निर्माण हुन पहल गर्न महिला समिति लाग्नुपर्ने झापा बारका सहसचिव एवम झापा बार महिला समिति अध्यक्ष अधिवक्ता सानु कार्की बस्नेत ‘सिता’ले बताइन् ।

नेपालमा कानून ब्यबसायी महिलाको रुपमा शान्तिदेवी थापा प्रथम कानून व्यवसायी हुन् भने हाल कानून व्यवसायी परिषदको २०८१ को रेकर्ड अनुसार ४ हजार १ सय ९७ जना महिलाले कानून व्यवसायी परिषदबाट प्रमाणपत्र लिएको देखिन्छ । कानून व्यवसायी परिषद ऐन, २०५० बमोजिम हाल २१ हजार ५ सय ४० जना कानून व्यवसायीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here