ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

0
16

मोरङ ।

मोरङको रंगेली नगरपालिका–८ दर्वेशामा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

खेत जोतेर बाटोमा निस्किदै गरेको प्रदेश १–०२–००३ त २८५६ नम्बरको ट्याक्टरले को ३९ प ३९३२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालक रंगेली–१ का ३२ बर्षीय केदार न्यौपानेलाई उपचारको लागी रंगेली अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको हो ।

मोटरसाईकल पछाडि सवार ४१ बर्षीय राजन भट्टराईको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । ठक्कर दिने ट्याक्टर र चालक रंगेली–८ का ३० बर्षीय जीवन ताजपुरीयालाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here