अन्तरविद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता

0
14

झापा ।

बुद्धशान्ति साप्ताहिक र ट्राफिक प्रहरी पोस्ट बुधबारेको आयोजनामा अन्तरविद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।

बौद्धिक विकास र ट्राफिक सचेतना अभिवृद्धिको उद्देश्यका साथ आज बुधबारे स्थित बुद्धआदर्श माविको सभाहलमा निबन्ध लेखन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको हो ।

कार्यक्रम बुद्धशान्ति साप्ताहिकका सम्पादक रोशन भट्टराईको सभापतित्व सम्पन्न भएको थियो भने भने प्रमुख अतिथिका रूपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेल रहेका थिए ।

त्यस्तै कार्यक्रममा विशेष अतिथिको रुपमा बुद्धशान्ति गाउँपालिका वडा नं१ का अध्यक्ष अनिल वाग्ले रहनु भएको थियो । त्यस्तै त्यहाँ शिक्षा, साहित्य र समाजसेवामा सक्रिय विभिन्न व्यक्तिहरूको पनि आतिथ्य रहेको थियो ।

कार्यक्रमको सुरुमा सम्पादक भट्टराईले स्वागत मन्तव्यसहित प्रतियोगिताको उद्देश्य र औचित्यमाथि प्रकाश पारेका थिए । त्यस्तै वडाध्यक्ष वाग्लेले शुभकामना मन्तव्य दिँदै यस्ता सिर्जनात्मक गतिविधिहरू विद्यार्थीहरूको व्यक्तित्व विकासमा सहयोगी हुने विश्वास व्यक्त गरे ।

यता मुख्य निर्णायकका रुपमा रहेका शिक्षासेवी गणेश निरौलाले पनि सहभागी विद्यार्थीहरूलाई हौसला प्रदान गर्दै निबन्ध लेखनका सामान्य नियमहरुको बारेमा प्रष्ट पारेका थिए ।

प्रतियोगितामा बुधबारे क्षेत्रका निजी तथा सामुदायिक गरी १० वटा विद्यालयका १९ जना प्रतिभावान विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । आयोजकका अनुसार प्रतियोगिताको नतिजा केही दिनमै औपचारिक रूपमा सार्वजनिक गरिनेछ ।

विद्यार्थीमा सिर्जनात्मकता, अभिव्यक्ति क्षमता र ट्राफिक सचेतना अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको यस कार्यक्रमको संचालन ट्राफिक प्रहरी पोष्ट बुधबारेका इन्चार्ज सेमन्त अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here