धरान ।
सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी धन्दा चलाउने एक जनालाई सुनसरी प्रहरीले भारतको भिमनगरबाट पक्राउ गरेको छ।
फेसबुक आइडीमा फेक नाम भिन्दा सुवन राखेर ठगी धन्दा चालाउने सुनसरीको देवानगन्ज गाउँपालिका–१ का कुशेश्वर मेहतालाई भारतबाट पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले बताए।
मेहताले थाइल्याण्डको SIAm Commercial बैंकको म्यानेजर हुँ भनी एलेन अर्बी शाहीको नाममा यस बैंकमा खाता छ उसको अपुतालीको सम्पत्ति खाने आफन्त कोही नभएकोले तपाईंको जात मिल्ने भएकाले उक्त खातामा रहेको सम्पूर्ण रकम तपाईंको नाममा राखिदिन्छु भनी कुर्मराज शाहीलाई झुठ्ठा विश्वास दिलाइ रकम ठगी गरेको एसपी तिम्सिनाले बताए ।
उनले शाहीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाको कमान्डरमा खटिएको टोलीले मेहतालाई भारतको भिमनगरबाट पक्राउ गरेको बताए । मेहताले विभिन्न मितिमा शाहबाट ६२ लाख ७५ हजार २ सय रुपैयाँ रकम ठगि गरेको उजुरीकर्ता शाहीले बताएका छन्।