लागूपदार्थ नियन्त्रणको बाटो

0
15

प्रत्येक वर्ष आजका दिन अर्थात् जुन २६ मा लागूपदार्थ तथा अवैध तस्करीबिरुद्धको दिवस मनाइन्छ । विश्वमा बढ्दै गएको यसको दुव्र्यसन तथा ओसारपसारलाई नियन्त्रण गर्न भन्दै संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउन थालिएको हो । विश्व समुदायलाई लागूऔषधको कुलत, असर र कारोबारबाट मुक्त गराउने यसको उद्देश्य रहेको छ । तर, अहिले विश्वभर नै लागूपदार्थ दुव्र्यसनको अवस्था झन्–झन् भयावह बन्दै गएको छ । लागूपदार्थको प्रयोगबाट हुने परिणाम यसकारण पनि डरलाग्दो छ कि यसको दुव्र्यसनबाट व्यक्तिगत स्वास्थ्य मात्र होइन परिवार, समाज, राष्ट्र, राजनीति र अन्तर्राष्ट्रिय रुपमै क्षति व्यहोर्नुपर्छ । मादक पदार्थभन्दा दशौं गुणा क्षति गराउने यसले दुव्र्यसन मात्र होइन ओसारपसार र कारोबारमा समेत चुनौती थपेको छ ।

लागूऔषधको सेवन दुव्र्यसन हो, जसले अवैध उत्पादन, तस्करी र कारोबारलाई प्रोत्साहन गर्छ । यस्तो अवैध कारोबारबाट आर्जित धन गलत कार्यमा प्रयोग हुन्छ र विश्वलाई नै जटिल समस्या खडा गर्छ । यसको दुव्र्यसनीहरुले पारिवारिक वातावरण बिगार्ने र मानसिक तनाव सृजना गराउँछन् । आज विश्व लागूऔषधको सेवन, दुव्र्यसन, ओसारपसार र कारोबारमा अल्झिएको छ । यसले विभिन्न किसिमका अपराधहरुलाई मलजल गर्ने काम गरेको छ । नेपालको सन्दर्भमा समेत चुनौतीपूर्ण बनिएको लागूऔषधको दुव्र्यसन र कारोबारका बिरुद्ध राज्यले छुट्टै अङ्ग निर्माण गरी नियन्त्रणका लागि दृढतापूर्वक लाग्नुपर्ने अवस्था आएको छ । यसको असन्तुलित प्रयोग वा दुव्र्यसनले विश्वमा प्रत्येक वर्ष झण्डै दुई लाख मानिसको ज्यान जाँदैछ । छिमेकी देश भारतमै यसको दुव्र्यसनीको संख्या तीब्रगतिमा वृद्धि भइरहेको सन्दर्भले नेपाललाई आक्रान्त पार्दै लगेको अनुमान गर्न गाह्रो छैन ।

नेपाल–भारतसँगको खुला सीमानाका कारण लागूऔषधको जोखिममा छ । नेपालको सामाजिक तथा व्यावसायिक जीवनमा भारतको प्रत्यक्ष र परोक्ष प्रभाव देखिने कारणले पनि लागूऔषधको दुव्र्यसनबाट हुने असर टड्कारो रुपमा देखिन थालेको छ । खासगरी देशमा रोजगारीको अवसर नहुने कारणले युवा वर्गमा देखिने उदासीनता, निराशा र कुण्ठाले दुव्र्यसनको दल–दलमा लागिरहेको छ । यस्तोमा सरकारले अभिभावकका रुपमा उभ्याउन नसक्दा समस्या दिनप्रतिदिन बढ्ने क्रममा छ । लागूऔषधको सेवनले निम्त्याउने, व्यक्तिगत, पारिवारिक, सामाजिक हुँदै राष्ट्रिय समस्याको निराकरणमा व्यक्तिको सजगता महवपूर्ण हुन्छ । यसै सन्दर्भमा नेपालमा लागूऔषध दुरुपयोग एवम् ओसारपसारबिरुद्ध सप्ताहव्यापी कार्यक्रम गरिएको छ । आजै समापन हुने उक्त कार्यक्रमले युवाहरु, परिवार र समाजलाई सम्बोधन गर्न सक्यो भने राष्ट्रसंघको ‘साङ्ग्लो छिनाउने र रोकथाम, उपचार पुनस्र्थापना’ नारालाई टेवा दिन सक्छ । यसका लागि सरकार, समुदाय र सम्बद्ध सबैको हातेमालो हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here