कोशीमा ४९ हजार ७४२ जनालाई ट्राफिक नियमको प्रशिक्षण

0
18

योगेन्द्र योगी
बिराटनगर, 

आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश बिराटनगर तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीको आयोजनामा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणको लागि असार ०६ गते कोशी प्रदेशका १४ वटै जिल्लाहरुमा एकैसाथ शुभारम्भ भएको “ट्राफिक सप्ताह २०८२” को समापन भएको छ।

ट्राफिक सप्ताह समापन कार्यक्रम कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको अध्यक्षता तथा कोशी प्रदेशका आन्तिरक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीको सभाहलमा एक कार्यक्रमको आयोजना गरी गरिएको हो ।

ट्राफिक सप्ताहको पहिलो दिन कोशी प्रदेशका १४ वटै जिल्लाहरुमा प्रभात फेरी सहित शुभारम्भ भएको कार्यक्रम क्रमश सार्वजनिक सवारीमा हुने दुर्व्यवहार विरुद्धको अभियान, यात्रु वाहक सवारी साधनको अनुगमन तथा गाडी चलाउँदा मोबाइल प्रयोग नगर्न, तीन पाङ्ग्रे सवारी साधन (ई-रिक्सा र अटो) को मेकानिकल चेक जाँच तथा प्रशिक्षण, दुई पाङ्ग्रे सवारी साधनको चेक जाँच तथा प्रशिक्षण, लेन अनुशासन कायम सम्बन्धि प्रशिक्षण, स्कुल बस चेक जाँच छलफल तथा प्रशिक्षण र सातौँ दिन समापन तथा अन्तरकृया कार्यक्रम गरिएको हो ।

जसबाट बिभिन्न सवारी साधनका चालक तथा सडक प्रयोग कर्ताहरु ४९७४२ जनालाई ट्राफिक नियमको सम्बन्धमा प्रशिक्षण दिईएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ। यस्तै विभिन्न मितिमा हराएका सवारी साधन खोजी गरी कोशी प्रदेशका आन्तिरक मामिला तथा कानुनमन्त्री भण्डारीले फेला परेका सवारी साधन सम्बन्धित धनिलाई हस्तान्तरण गरेका छन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखी चलाएको अवस्थामा सुनसरी,मोरङ र झापाका साथै बिभिन्न स्थानबाट ८ वटा मोटरसाईकल, ट्राफिक प्रहरीले फेला पारेको थियो ।

सवारी धनि सम्पर्कमा आएका ३ वटा मोटरसाईकल मन्त्री भण्डारीले सम्बन्धित धनिलाई हस्ताण्तरण गरेका थिए भने अन्य सवारी साधन आवश्यक कारवाही प्रकृयामा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here