शिवसताक्षीमा नेकपा एमालेको नगर कमिटी बैठक : लामगादेको पद चट्

0
421

शिवगञ्ज, नेकपा (एमाले) शिवसताक्षी नगर कमिटीको सातौं विस्तारित बैठक बिहीबार शिवगञ्जस्थित जेष्ठ नागरिक भवनमा सम्पन्न भएको छ।

नगर कमिटी अध्यक्ष मेदनी दङ्गालको अध्यक्षतामा र सचिव लक्ष्मी गुरागाईको सहजीकरणमा सम्पन्न बैठकले संगठन सुदृढीकरण र जनसम्बद्ध कार्यक्रमहरू सञ्चालन गर्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले नियमित रूपमा तीन पटकभन्दा बढी कमिटी बैठकमा अनुपस्थित रहेका शिवसताक्षी नगरपालिका-०६ निवासी दीपेश लाम्गादेललाई कमिटीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

रिक्त सो ठाउँमा शिवसताक्षी ८ का विनोद दर्नाललाई मनोनयन गरेको छ। पार्टीको संगठन विस्तारको क्रममा शिवसताक्षी-०९ दुधेमा नयाँ नगर पार्टी सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले असार १५ गतेको २२ औं धान दिवस भव्यताका साथ मनाउन पार्टीका विभिन्न भ्रातृ संगठनहरू जस्तै अनेकी महासंघ, अनेमसंघ, राष्ट्रिय युवा संघ र रिटर्नी फेडरेसनसहित सिंगो पार्टीको सक्रिय सहभागिता रहने गरी तयारी गर्ने निर्णय लिएको छ। पार्टीले वडा नम्बर ७ मा यस वर्षको राष्ट्रिय धान दिवस मनाउने तयारी गरेको छ ।

त्यस्तै, मदन भण्डारी फाउन्डेसनले आयोजना गर्ने जिल्ला स्तरीय रक्तदान कार्यक्रममा नगरका सबै वडाबाट सहभागिता जनाउने निर्णय पनि गरियो। शिवसताक्षी-११ दुधेमा रहेको चार धुर जग्गामा पार्टीको आफ्नै भवन निर्माण गर्नका लागि दाताको खोजी गर्ने विषयमा समेत बैठकमा निर्णय भएको छ। बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको अध्यक्ष मेदनी दङ्गालले बताए । बैठकमा पार्टी केन्द्रीय लेखा आयोगकी सदस्य जसमाया गजमेरले जनताको बहुदलीय जनवाद (जबज) का १४ सिद्धान्तबारे प्रशिक्षण दिएकी थिइन्। साथै, कोशी प्रदेश कमिटी सदस्य चन्द्रकुमार शेर्माले पछिल्ला दिनहरूमा पार्टीले देखाएको सक्रियता र संगठन विस्तारका अभियानबारे सहभागीहरूलाई जानकारी गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here