अर्जुनधारामा ब्याग झोला सम्बन्धी एडभान्स तालिम 

0
25
अर्जुनधारा ।
घरेलु तथा साना उद्योग कार्यालय झापाको आयोजनामा गत जेठ १९ गतेदेखि आयोजित २० दिने ब्याग झोला बनाउने एडभान्स तालिम बिहीवार सम्पन्न भएको छ ।
अर्जुनधारा नगरपालिका र अर्जुनधारा–९स्थित नमूना सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा समूहको सभाहलमा सञ्चालन भएको उक्त तालिम यस अघि ब्याग झोला सम्बन्धी आधारभूत तालिम लिएका सहभागीहरुलाई लक्षित गरि आयोजना गरिएको समूहका अध्यक्ष जागिरमान राईले जानकारी दिए ।
प्रशिक्षक नीता कार्कीले प्रशिक्षण दिएको तालिममा १५ जना प्रशिक्षार्थीको सहभागिता रहेको बताइएको छ । कार्यालयकी प्रमुख पूष्पलता उप्रेतीको अध्यक्षता र नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा आयोजित समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
प्रशिक्षार्थी बालकुमारी सुब्बाले तालिमको अनुभव प्रस्तुत गरेको कार्यक्रममा नगर सभा सदस्य सुशिला गिरीले शुभकामना मन्तव्य राखेका थिए । समूहका अध्यक्ष राईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन मेची उद्योग वाणिज्य संघकी उपाध्यक्ष निर्मला भण्डारीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here