के नेपाल बन्द छ

0
571

[जि.एस.पौड्याल]
कविता मिठो छन्दले,नेपाल बलियो बन्दले ,नेपाल विश्व मानचित्रमा हेरेर यहा“ पर्छ भन्ने कुरा तपाई हामीलाई पत्ता लगाउन बिना चस्मा सम्भव छैन । चस्माको सहायताले मात्र ठम्याउन सकिन्छ । हाम्रो देश नेपाल आहा π सुन्दर, शान्त, विशाल विश्वको अग्लो शिखर सगरमाथा भएको देश ,गहिरो उपत्यका कालीगण्डकी भएको देश,तेस्रो अग्लो शिखर कञ्चनजङ्घाको देश,मन्दिरै मन्दिरले भरिएको देश,धर्म निरपेक्ष भए पनि हिन्दु बाहुल्य रहेको देश, कती प्रसिद्ध र विशेषताले भरिएको मेरो देशको व्याख्या गर्दा गर्दै फुलिसके केश तर पनि बदलिएको छैन भेष । समुन्द्र नभएर के भो ररु जलस्रोतमा विश्वमै दोस्रो धनि देश भनेर सपनामा धेरैचोटी र्बबराए लोडसेडिङको रातमा पनि । यतिले पुग्छ ररु शान्तिका दुत बुंद्ध जी यही“ लुम्बिनीमा त जन्मेका हुन । भर्खर ३ कोटी जनता पुग्न लागे तर ऊ बेलामा नै ३३ कोटी देवताको रजाइ“ चलेको देश नेपाल, धन्न भगवान भगवतीहरु आकाशमा ,हावामा,नदीनाला,हिमाल,जमिन मुनि ,का“शघारी,बा“सघारी, रुखको टुप्पो,घरको छानो जहा“ पनि जता पनि सजिलै बस्थे र पो नेपालमा अटाए त । तत्कालिन समयमा राक्षस र जनताचाही“ कहा“ अटाए पलटिङकर्ता ब्रह्मा भिट्टा व्यापरीलाई सोध्नु छ ? यिनै कुरा मनमा खेलाउदै सुत्दा सपना मा देखेको अस्ति ।
बन्द,हडताल,चक्काजामले शान्ति ,स्थिरता, भातृत्व,मातृत्व, पितृत्व,विकाश ,निकाश ल्याउदैन पनि ब्याउ“दैन पनि ।आर्थिक क्षेत्र कुकुरले खुट्टो बुट्टोमा उचाले झै हुन्छ ।केही गरीखाने, हुदा“ खाने, सोझा सिधा नेपालीको पेट, बन्दले डकार्दा ग्यासट्रिक मित ज्यूको अस्त्र गोला गानोको भिडन्तमा दर्शक बन्नूपर्छ । बर्षभरी कक्षामा घा“टी धोद्रो पार्दा पनि परीक्षामा फेल हूने विधाथीर्, विना सिकाइ न तालिम बन्द गर्न पास हून्छन । शायद गिनिज बूकमा रेर्कड रेकडीङ गराउन होला कसले बढि बन्द गराउनमा प्रतिष्प्रर्धा प्रतिदिन बढिरहेको छ । मैले सूने अनूसार कतिपय राजनितिक दलले आङ्खनो पार्टी र नेता ,नेपाल र विश्व समुदायमा चिनाउन पनि बन्द गरेको सुन्न र देख्न पाइन्छ । अझ्झ भन्ने हो भने सुटुक्क ठूला दलले पावर सो ,सानो दलले नाम सो का लागी पनि बन्द ठोकिदिन्छन ।
नेपाल बन्द हुने देशहरुको अग्रपङ्क्तिमा छ । आर्थिक क्षेत्रमा र विकाशमा अध्यारो यूगमा भए पनि अ..ति गरीब भए पनि बन्द गर्नमा विश्वकै धनि देशमा पर्छ ।बन्दको समीक्षा गर्न बसेको बैठकले खुल्ला बर्षभरीमा यती दिन भनेर छिटो निर्णय गर्यो किनकी यहा“ खुल्ला भन्दा बन्द बढि हुने भएकाले ङ्खयाट्ट सजिलो भएछ बन्द मन्त्रालयलाई निर्णय सुनाउन । बन्द केवल तल्लो वर्गलाइ जो आङ्खनो पाखुरा बजाएर बा“च्छ । पसिनाको कुलो बगाएर मरुभुमि हुनबाट नेपाललाई जोगाउन सक्षम नेपाली बन्दले खान माग्ने पेटमा मुसा कुदाउन बाध्य छन । ठूला भु“डी र चिन्डे तालुमा आलु फलाउने ठालूहरुलाइ छ त बन्द,..रु. एक अनुसन्धानले देखाएको बन्द निशेधित क्षेत्रमा कतै तपाई जस्ता इमान्दारी नेपाली पर्नु भएको त छैन रु रक्सी पसल चौबिसै घण्टा खुल्ला जहा“ यूवाको तन, मन,वचन,धन कन्टेनरमा जम्मा पारीन्छं । बेरोजगार कारखाना खुल्ला ,अफिस टायममा कर्मचारी तास जुवाको खुल्ला प्रतियोगितामा प्रतिष्प्रर्धामा खुल्ला,भ्रष्ट्रचार खुल्ला,डिसको,रेष्टुरा“,फेसन सो सधै खुल्ला ,बेश्यावृत्ति,चोरीसिकारी,कालोबजारी,बलत्कारी,हत्या,हिं≥सा,चन्दा,आतङक,अपहरण साथै नेताको मुख झुट्टो बोल्न र देश विदेशको चौरासी व्यञ्जन ग्रहण गर्न खुल्ला, कहा“ छ बन्द भेटिएनरु नेशनल पार्कमा दिनडाहडै जनावरको वंशविनाश,ठुला रुखहरुको वंशविनाश गर्न खुल्ला, शहर बजार विकृत्ति र कुरीतिले भरीएको छ , धुवा“धुलो,प्रदुषण बढाउन खुल्ला ,खाध पदार्थमा अखाध पदार्थ मिसाउन खुल्ला,मुल्यवृद्धि गर्न खुल्ला,युवाशक्ति विदेश जान खुल्ला,प्राकृत्तिक बिपत्तिको जोखिम मोल्न खुल्ला, खोई कहा“ छ नेपाल बन्द

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here