बिर्तामोड ।
नेत्रहीन संघ झापाको २८अौं स्थापना दिवस तथा हेलेन केलरको १४५ अौं जन्म जयन्तीको अवसरमा विविध कार्यक्रम सम्पन्न गरिएको छ।
बिर्तामोड-३बिर्ताबजारस्थित संघको कार्यालय भवनमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान, पालिकास्तरिय ओपिडी (अपांगता सम्बन्धि संस्था)हरुको हाजिरीजवाफ प्रतियोगितासहित विविध कार्यक्रम सम्पन्न भएको हो।
झापा नेत्रहीन संघका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षता तथा बिर्तामोड -३ का वडाध्यक्ष मदनकुमार बुडाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष उत्तम खतिवडाले स्वागत गरेका थिए।
झापा नेत्रहीन संघका संस्थापक अध्यक्ष खेम
रेग्मीले कार्यक्रमको अौचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष बुडाथोकी, वडा सदस्य हरि बासकोटा, विराट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा अनारमनी पब्लिक क्याम्पस प्रमुख मोहन शिवाकोटी, पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक दोर्णचार्य निरौला, सल्लाहकार प्रेमप्रकाश सिटौलालगायतले शुभकामना मन्तव्य राखेका थिए।
संघका अध्यक्ष राजबंशीले आफूहरु कठिनाइपूर्ण अवस्थामा रहे पनि सरकार तथा पालिकाहरुले सहयोगका लागि ध्यान नदिएको र सबैबाट अपहेलित हुनुपरेको गुनासो गर्दै आत्मनिर्भर र स्वावलम्बी बनाउने खालका व्यापक कार्यक्रममा ध्यान दिन आग्रह गरे।
वडाध्यक्ष बुडाथोकीले दृष्टिविहीन अवस्थामा धेरै समस्या रहेको बताउँदै वडाका तर्फबाट यथासम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्ति गरे। कार्यक्रममा हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने बिर्तामोड, हल्दिबारी र कमल गाउँपालिका ओपिडीलाई क्रमशः नगद पाँच हजार , तीन हजार दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।
यसैगरी कार्यक्रममा संस्थाद्वारा आयोजित आधारभूत कम्प्युटर तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो। यसैबीच संस्थाद्वारा स्थापित अक्षयकोषलागि मोहन शिवाकोटीले नगद २५ हजार सहयोग गर्ने घोषणा गरेका छन्। उक्त कोषमा हाल नगद २लाख रहेको बताएको छ।
पवित्रा तामाङले स्वागत गीत प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन सचिव दिलकुमार राजबंशी र पवन गिरीले गरेका थिए।