बिर्तामोड – झापाको बिर्तामोडमा एकैपटक झमिसन युएसएझ को दुईवटा शाखा सञ्चालनमा आउने भएको छ ।
उच्च शिक्षा अध्ययनका लागि अमेरिका जाने बिद्यार्थीलाई उचित काउन्सिलिङ गर्दै आएको मिसन युएसएले भोलीदेखि बिर्तामोडमा दुईवटा शाखा सञ्चालनमा ल्याउन लागेको हो ।
सन २००८ मा काठमाण्डौको डिल्लीबजारमा स्थापना भएको यो कन्सलटेन्सीमा अहिले पनि झापाका २५ जना बिद्यार्थी अध्ययनका लागि अमेरिका जाने प्रक्रियामा छन् । सञ्चालक सञ्जय घिमिरेका अनुसार झापाबाट सोधपुछ गर्ने बिद्यार्थीको संख्या बढेसँगै बिर्तामोडमा एकैपटक दुईवटा शाखा सञ्चालनमा ल्याएको हो ।
बिर्तामोडका व्यवसायी कमल सिग्देलको नेतृत्वमा दुईवटा शाखा सञ्चालनमा आएको बताइएको छ । बिर्तामोडका दुईसँगै चितवन, बानेश्ववर र पुतलीसडकमा कन्सलटेन्सीका शाखा सञ्चालनमा छन् ।
कन्सलटेन्सीले हालसम्म १० हजार बढी बिद्यार्थीलाई काउन्सिलिङ गरिसकेको जनाएको छ । त्यसमध्ये अध्ययनका लागि अमेरिका जाने प्रक्रिया सुरु गरेका ६०० मध्ये लगभग ३०० जना बिद्यार्थी सफल भइसकेको जानकारी घिमिरेले दिए ।
कन्सलटेन्सीले अमेरिकाका २७ वटा चर्चित युनिभर्सिटिसँग समन्वय गरेको सञ्चालक घिमिरेले बताए । उनले बिद्यार्थीलाई वास्तविक काउन्सिलिङ गर्न मिसन युएसए प्रतिबद्व रहेको दावी गरे ।