बिर्तामोडमा पत्रकार आचारसंहिता जागरण तथा स्थानीय तह रिर्पोटिङ बहस सम्बन्धि प्रशिक्षण

0
31

बिर्तामोड ।

झापाको बिर्तामोडमा पत्रकार आचारसंहिता जागरण तथा स्थानीय तह रिर्पोटिङ बहस सम्बन्धि एक दिने प्रशिक्षण सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ झापाको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश र प्रेस काउन्सिल नेपालको सहकार्यमा आयोजित प्रशिक्षणमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष शिव गाउँले र प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुषालले सहजिकरण गरेका थिए ।

पत्रकारितामा देखिएको विकृति र त्यसलाई रोक्दै विश्वसनिय बनाउन पत्रकारले खेल्नुपर्ने भूमिकाका विषयमा पूर्वकेन्द्रिय अध्यक्ष गाउँलले प्रशिक्षण दिएका थिए । उनले पत्रकारितालाई जिम्मेवार बनाउनुपर्ने धारणा ब्यक्त गरे ।

प्रेस काउन्सि नेपालका मुख्य अधिकृत भुषालले पत्रकारले प्रकाशन तथा प्रशारण गरेका सामग्रीहरुको निगरानी गर्ने भएकाले पत्रकार जिम्मेवार बन्नुपर्नेमा जोड दिए । उनले देशभरका मिडियाहरुको प्रेस काउन्सिलले निगरानी गर्ने गरेको बतााए । उनले पत्रकार आचार संहिताको विषयमा ख्याल गर्न आाग्रह गर्दै मिडियालाई विश्वसनिय बनाउन झापाका पत्रकारहरुलाई आग्रह गरे ।

नेपाल प्रत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रिय महासचिव चन्द्र भण्डारी, प्रेस काउन्सिलका सदस्य पदमराज जोशी, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव वैकुण्ठ पराजुली, आर्थिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव चुणमणी लुईटेल, पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष अम्बिका भण्डारीले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष कृष्ण हुमागाईं, गणेश पोख्रेल, तारामणी सापकोटा लगायतको आतिथ्य रहेको थियो । पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजु पाठकले गरेका थिए । कार्यक्रममा प्रेस काउन्सिल र पत्रकारसंग सम्बन्धित प्रश्नोत्तर समेत भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here