लोकतन्त्रको रक्षा गर्न तरुणहरु जुट्नुपर्ने

0
26

झापा ।
शहीदहरूको त्याग र बलिदानले आर्जन गरेको लोकतन्त्रको रक्षा गर्न तरुणहरु अग्रसर भै जुट्नुपर्ने संविधान सभासदस्य सुधीरकुमार शिवाकोटीले बताएका छन्। नेपाल तरुणदल बिर्तामोड ९ को शनिबार उद्रकान्त राजवंशी स्मृति प्रतिष्ठानमा आयोजित अधिवेशनलाई सम्बोधन गर्दै शिवाकोटीले २०२८ सालमा वर्गशत्रु सफाया भन्दै कम्युनिष्टहरुले निर्दोष प्रजातन्त्रवादीहरुको हत्या गरेको स्मरण गर्दै यसैमा उद्रकान्त राजवंशीको समेत हत्या भएको बताए ।
नेका केन्द्रिय सदस्य शुशिला ढकाल आचार्यले तरुणहरु नै भोलिको देश हाँक्ने जनशक्ति भएकोले सकारात्मक राजनीतिक सोचको विकास गर्दै अघि बढ्न आग्रह गरिन् ।
नेका झापा सभापति देउकुमार थेबेले युवाहरुमा राजनीतिप्रति नकारात्मक सोच बढ्दै गएको अहिलेको अवस्थामा तरुणदलले युवाहरुलाई समेटी समाजमा सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरे ।
अधिवेशनले पुरानो समिति विगठन गरी गोविन्द राजवंशीको सभापतित्वमा २२ सदस्यीय समिति चयन गरेको छ। समितिको उपसभापति अर्जुन श्रेष्ठ, सचिव युकेश आचार्य र सन्तोष सिटौला, सहसचिव प्रदीप चौधरी, कोषाध्यक्ष रविन राजवंशी र सदस्यहरुमा रमेश आचार्य, राजकुमार राजवंशी, राजेश आचार्य, सागर दर्नाल, नवीन श्रेष्ठ, युसन पौडेल,विशाल तामाङ,सुमन बानियाँ, प्रमेश टुडू , रिसव आचार्य, सुजन सिटौला, भरत राजवंशी, प्रकाश श्रेष्ठ , सबेन कामती, तिलक राजवंशी र संदेश भट्टराई रहेका छन्।
त्यसैगरी अधिवेशनले राजेन्द्र तामाङ, देवन मुर्मु, सोसिता श्रेष्ठ, मक्खन राजवंशी र रमेश राजवंशीलाई नगर प्रतिनिधिमा चयन गरेकोछ भने भानु राजवंशी, अमन श्रेष्ठ र परेश राजवंशीलाई जिल्ला प्रतिनिधिमा चयन भएका छन् ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि सीता पौडेल, कोशी प्रदेश सदस्य, मिरा खड्का, नेका झापा सचिव कृष्ण हुमागाईं, तरुणदल केन्द्रीय सदस्य सजेस शिवाकोटी, राजेन्द्र उप्रेती, नगर सभापति भोजराज सिटौला, जिल्ला सदस्यहरु र विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नेका बिर्तामोड ९ का सभापति बासुदेव अधिकारीको सभापतित्व र सञ्चालन सचिव विशाल भट्टराईको रहेको नेका झापा सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख शेखर सुवेदीले जानकारी दिए।
कार्यक्रमपछि स्व। उद्रकान्त राजवंशीको छोरा धनलाल राजवंशीको देहावसान को छैटौँ पुण्यतिथिमा निजी निवास पुगी श्रद्धान्जली अर्पण गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here