बिर्तामोड ।
स्वतन्त्र नागरिक समाजले अर्जुनधारा-११ स्थित नयाँ बसपार्क क्षेत्र सरसफाई गरेको छ।
आफ्नो लागि ६ दिन देशको लागि एक दिन भन्ने उदघोषका साथ स्वतन्त्र नागरिक समाजद्वारा साप्ताहिकरुपमा शुरु भएको बृहत् श्रमदान अभियान अन्तर्गत बसपार्क भित्र रहेका अनावश्यक झारपात, बुट्यान तथा फोहोरमैला हटाएर सरसफाइ गरिएको थियो।
‘प्रकृति र संस्कृतिको संरक्षण गरौं, श्रमदानबाट देश बनाउने प्रण गरौं’ भन्ने नाराका शुरु गरिएको कार्यक्रममा स्वतन्त्र नागरिक समाजका अध्यक्ष हिमालयप्रकाश कन्दङ्वा, संघीय लिम्बुवान मञ्चका महिला झापा जिल्ला अध्यक्ष अमृता थाम्सुहाङ, स्वतन्त्र युवा नागरिक समाजका जिल्ला अध्यक्ष केशब भण्डारी, बसपार्क व्यवस्थापन समितिका पदाधिकारी, यातायात व्यवसायी, भारती गोर्खा भूतपूर्व सैनिक संघ, स्वतन्त्र नागरिक समाजका सदस्यहरुको सहभागिता रहेको थियो।
स्वतन्त्र नागरिक समाज बिर्तामोडका संयोजक हिमालयप्रकाश कन्दङ्वाले धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङको श्रम संस्कृति अभियानलाई पछ्याउँदै भष्टचार, वेतिथि र विसंगतिमुक्त स्वच्छ समाजको निर्माण गर्ने उद्देश्यका बृहत् श्रमदान अभियानलाई निरन्तरता दिइएको बताए।
यसैबिच अभियानलाई आवश्यक सामाग्री स्वस्फूर्त रुपमा सहयोग प्राप्त भएको छ। यसरी सहयोग गर्ने दाताहरुमा कलाकार मानबहादुर राई ५ वटा बेल्चा, डम्बरबहादुर नेम्वाङ ३वटा फरुवा, जेशिका, जेशन राई २वटा बेल्चा, लाखरोती लक्सम्बा ५वटा हसिया, प्रमिला नेम्वाङ ६ वटा झाडू, हिमालयप्रकाश कन्दङ्वा ५० वटा पञ्ज, विष्णुप्रसाद यङहाङ २४ पञ्जालगायत सामाग्री रहेका छन्।