सत्य जिन्दगीको कुरै नगर
असत्य मै बाँचेको छु
सुखको त आशै नगर
दुःखमै बाँच्न जानेको छु ।
हाँसो–खुशी कस्तो हुन्छ
मैने त भूली सकेँ
सुख खोज्दाखोज्दै
जिन्दगी नरक बनाई सकेँ ।
कर्मको लेखा यस्तै हो भनी
चित्त बुजाउन थालीसकेँ
भाग्य नै यस्तै हो भनी
सघंर्ष गर्न थालीसकेँ ।
कस्तो होला सत्यको जिन्दगी
थाहा पाउन सकिनँ
हार खाएको जिन्दगीमा
सुखी जीवन जिउन सकिनँ ।
त्यसैले त म सधैँ भन्छु
सत्यको जिन्दगी नसम्झाऊ मलाई
हार खाएको जिन्दगीमा
असत्य मै बाँच्न जानीसकेँ ।
मेचीनगर–१३, झापा