गजल

0
66

काटिएको रुख ढल्छ, जरा जमिनमा बाँचिरहन्छ
कति भेट छोटो भए पनि, लामो सम्झना रहेको हुन्छ

पानी बगेर जान्छ, बगर प्यासले पानी खोजिरहन्छ
बिर्सनेले नसम्झोस् न, सम्झिनेले सम्झना गरेको हुन्छ

हागाको साथ पाएर फूल आँधीसँग जुधिरहन्छ
कसैले फूल चुँडी लगे पनि हागाले वेदना सहेको हुन्छ

आफन्तको विदाइमा भित्र कता–कता मुटु चस्किदिन्छ
मोमबत्ती मुस्कुराई हाँसोस्न, आँशुको झरना बगेको हुन्छ

अविष्मरणीय एक पल, जीवन भरि यादगार बन्छ
सधैँ हाँस्ने जुनले पनि बादलको यातना सहेको हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here