कमल गाउँपालिकाद्वारा विव्यस, सेवानिवृत्त तथा कार्यरत शिक्षक र कर्मचारी सम्मानित

0
7

कमल ।

झापाको कमल गाउँपालिकाले विहिवार एक कार्यक्रमको आयोजना गरी विद्यालय व्यवस्थापन समिती , अवकाश प्राप्त तथा कार्यरत शिक्षक , कर्मचारी सम्मान एवम् छात्रवृत्ति वितरण गरेको छ ।

गाउँपालिकाको वडा नम्बर २ स्थित महेन्द रत्न माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न सम्मान कार्यक्रममा गतसालको एसईई परिक्षामा शसतप्रतिशत विद्यार्थी उत्तिण गर्न सफल कमल १ स्थित बाँसवारी माध्यमिक विध्यालका प्रधानाध्यापक केशर बहादुर श्रेष्ठ लगायत विभिन्न विध्यालयमा कार्यरत शिक्षक र कर्मचारी गरी २० लाई सम्मान पत्र , खादा र नगद आठ हजार रुपैया द्वारा गाउँपालिका अध्यक्ष हुकुमसिंह राई र उपाध्यक्ष प्रमिला न्यौपानेले सम्मान गरेका थिए । उत्कृष्ट विद्यालयमा कमल १ स्थित बाँसवारी माध्यमिक विध्यालकालाई सम्मान पत्र सहित नगद ३० हजार रुपैयाद्वारा सम्मान गरिएको यियो ।

त्यसैगरी गरी लोमो समय विध्यालयमा अध्यापन गराई सेवानिवृत्त हुनुभएका १२ जना शिक्षकलाई समेत सम्मान पत्र र खादाले सम्मान गरिएको थियो । भने विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु मध्ये वडा नम्बर २ स्थित महेन्द रत्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन राईलाई समेत सम्मान पत्र, खादासहित नगदद्वारा गाउँपालिका सम्मान गरिएको थियो ।

त्यसैगरी कक्षा ११ र १२ मा अध्यायनरत सिमान्तकृत ६८ जना विद्यार्थीलाई जनही ४ हजार ३ सय रुपैया, ११ जना दलित विध्यार्थीलाई १५ हजार देखी ५० हजार रुपैया सम्म र बुबा आमा विहीन १४ जना विध्यार्थीलाई ३ हजार देखी १० हजार रुपैया सम्म छात्रवृत्ति प्रदान गरिएको थियो ।

त्यसैगरी कमल गाउँपालिकामा स्थाई ठेगाना भएका तर अन्यत्र गएर प्राविधिक विषय अध्यायनरत गर्ने २१ जना विध्यार्थीलाई जनही २३ हजार ५ सय रुपैयाका दरले छात्रवृत्ति प्रदान गरिएको थियो ।

कमल गाउँपालिकाको शिक्षालाई उत्कृष्ट बनाउन तपाई हामि लागि परेका छौ । सबैको साथ र सहयोगले मात्र यो सम्भव हुन्छ । गाउँपालिका भित्र सञ्चालनमा रहेका सामुदायीक विध्यालमा कार्यरत शिक्षक मध्ये केहिलाई आज सम्मान गरेका छौ र आगामी दिनमा सबैलाई सम्मान गरिदै लगिने कमल गाउँपालिकाका अध्यक्ष हुकुमर्सिह राईले बताए ।

् त्यस्तै सेवानिवृत्त शिक्षकलाई समेत एउटै मञ्चमा राखेर सम्मान गर्न पाउदा खुशीलागेको र यसलाई समेत निरन्तता दिने राईले बताउनु भयो त्यसैगरी हुने खाने र हुँदा खाने बिचको अन्र्तरलाई हटाउदै सबै कमल बासीलाई समान शिक्षा पाउनु पर्छ भनेर हामिले अभिभावक विहीन, सिमान्तकृत दलित विध्यार्थिलाई छात्रवत्ति समेत प्रदान गरेको अध्यक्ष राईले बताए ।

पालिकाले प्रदान गरेको छात्रवृत्तिले तपाईहरुलाई ठुलो सहयोग हुदैन । यो छात्रवृत्ति रकम तपाईहरलाई प्रोत्साहन गर्नकालागी प्रदान गरिएको हो । विध्यार्थीले पाएको छात्रवृत्ति रकमलाई सहिठाउँमा प्रदान गर्न उपाध्यक्ष प्रमिला न्यौपानेले विध्यार्थीलाई सुझाव दिईन् ।

कमल गाउँपालिकाकाको शिक्षाको सुधार गर्नकालागी सम्पुर्ण जनप्रतिनिधी र शिक्षक मिलेर अघी बड्न सक्नु पर्छ तब मात्र शैक्षिक गुणस्तर सुधार गर्न सकिन्छ । हिजोका दिनमा भएका तिता मिठा कुराहरुलाई विर्सिएर अगाडी बड्न २ नम्बर वडा अध्यक्ष अशोक सुब्बा सम्पुर्ण शिक्षकलाई अनुरोध गर्दै शैक्षिक सुधारमा सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

पछिल्लो समय कमल गाउँपालिकाले शिक्षाको क्षेत्रमा गरेको योगदानले गाउँपािलकाको समग्र शैक्षिक गुणस्तरमा धेरे सुधार भएको मंगलमय माध्यमिक विध्यालय व्ष्वस्थापन समितिका अध्यक्ष टिकाराज सापकोटाले बताए । त्यसैगरी सेवानिवृत्त शिक्षकका तर्फबाट गोपाल भुजेलले सम्मानित हुन पाएकोमा गाउँपालिका प्रति आभार व्यक्त गदै धन्यवाद दिए ।

कार्यक्रम शिक्षा युवा तथा खेलकुद शाखामा प्राविधिक रविन गौतमले सञ्चालन गरेका थिए भने शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here