फाइल पुस्तिका नै गायब भएपछि

0
24

आजभन्दा लगभग ३२/३३ वर्ष अघिको कुरा हो । बुबा अधिकृतस्तरको कर्मचारी हुनुहन्थ्यो । तर, जिल्ला घर पाइकमा थिएन । आप्mनो कार्यक्षेत्रबाट बिदामा आएको बेला मेरो नागरिकता बनाउने कुरा चल्यो । नागरिकता लिनका लागि आवश्यकपर्ने कागजात लिएर बुबासँगै म सदरमुकाम गए । म पहिलो पटक सदरमुकाम पुगेको थिए । हामी बाबु छोरा प्रमुख जिल्ला अधिकारीको कार्यालय लेखिएको साइनबोर्ड भएको कार्यालयतर्फ लाग्यौ । बुबाले नागरिकता बनाउन आवश्यक पर्ने कागजात र प्रक्रियाका बारेमा सोधपुछ गर्नु भयो । फर्म भर्ने कार्य भयो । अपुग कागजात लिएर फेरि भोलिपल्ट हामी सदरमुकामतर्फ लाग्यौं । बुबाले एकजना अधिकृतसँग परिचय गर्नुभयो । मलाई पनि छोरो भनेर चिनाउनु भयो । ज्यादै भीड भएकाले आज काम नहुने अवस्था देखियो । यसपछि बुबाले परिचय गरेका अधिकृत छेउ गएर, म पनि भोलीदेखि आप्mनो कार्यालय जानु छ ।

मेरो अनुपस्थितिमा छोराको नागरिकता बनाउन सहयोग गर्दिनु होला भन्नुभयो । उहाँले सजिलै भैहाल्छ नी भन्नुभयो । बुबाले सनाखत पनि गर्नुभयो । त्यसपछि मैले तीन–चार दिनसम्म लगालग धाएँ । पालै आएन । पाँचौं दिनमा उनै अधिकृत छेउ गएर मेरो पालै आएको छैन सर । धेरै दिन भो आउँदै जाँदैछु भने । अधिकृत आफै उठेर यता उता गरे । पछि आएर तपाईंको फाइल नै भेटिएन, भोलि खोजी गरौँला भन्नुभयो । म त्यो दिन पनि रित्तै हात फर्किएँ । फेरि भोलिपल्ट बेलैमा पुगे । अलिक आशा पनि थियो । उनै अधिकृतलाई नै भेटे । फाइल भेटिएकै छैन भन्नुभयो । अब भने म निराश भएँ । धेरै बोल्न पनि डरै लाग्ने । निन्याउरो अनुहार लगाएर भोलि आउँछु सर –भनँे । हुन्छ, आउनु नी भन्नुभयो । बोली नरम नै हुन्थ्यो । तर, मलाई भने अब जान–आउन गाह्रो लाग्न थाल्यो । फाइल नै भेटिँदैन । अर्को फाइल बनाउन बुबा नै फेरि आउनु पर्दथ्यो । कारण सनाखत त बुबाले नै गर्नु पर्दथ्यो ।

भर्खरै मात्र एक लाइन टेलीफोन बजारमा आएको थियो । लाइनमा बसेर बल्लबल्ल पालो आएपछि बुबालाई फोन गरे । बुबाले सोध्नु भयो । नागरिकता बन्यो भनेर । मैले बनेको छैन भनँे । अनि किन के भएछ । सरलाई भेटिनस् भन्नुभयो । मैले भेटे भनेँ । अनि…। फाइल नै हरायो अरे । दुई–तीन दिनसम्म लगालग भेटेँ । खाली फाइल भेटिएको छैन मात्र भन्नुहुन्छ । दिक्क लाग्यो । जान पनि छाडे भनेँ । बुबाले ए… मात्र भन्नुभयो । ल अब म दशैंमा आउँदा दुई–चार दिन बसेर भए पनि नागरिकता बनाइदिउँला चिन्ता नगर भन्नुभयो । तेरो फुर्सदै छ । बरु सक्छस भने आइजन यतै दशंैमा सँगै फिरौला भन्नुभयो । भर्खरै मात्र एसएलसीको रिजल्ट भएको थियो । पास भएकोमा खुशीयालीमै पनि थिए । कलेज खुलेकै थिएन । बुबाले यतै आइज भनेपछि म खुशी भएँ । हुन्छ भने । घरमा आएर आमा, हजुरआमा र हजुरबुबालाई सुनाएँ । एक्लै जान्छस् र भन्नुभयो । जान्छु भनेँ । पख्न त एक–दुई दिनमा साथी भएपछि जानुपर्छ भन्नुभयो । मैले होइन म एक्लै भए पनि जान्छु भनँे । जिद्दी गर्न थाले । आमाको केही लागेन ।

अन्ततः मेरो पहिलो प्रदेश यात्राको तयारी शुरु भयो । लुगा धुने काम भयो । व्याग तयार गरेँ । बसमा हजुरबाले लगेर चढाइ दिनुभयो । हजुर बा ले गुरुजीलाई चिनेको रहेछ । उनैलाई भनेर मलाई जिम्मा लगाउनुभयो । म रात्रीकालीन बसमा चढेँ । बीचमा गुरुजीले नै खाना खुवाउनु भयो । भोलिपल्ट एक बजे मात्र गन्तव्य स्थलमा पुग्यौं । गुरुजीले नै मलाई बुबाको कार्यालयमा पु¥याइ दिनुभयो । बुबासँग पनि उहाँले चिनजान गर्नुभयो । एकछिन त कार्यालयमा नै बसेँ । बुबा आफ्नै व्यस्ततामा हुनुहुन्थ्यो । मलाइ भने छटपटी हुनथाल्यो । नयाँ ठाउँ निस्किहाल्न अलिक मिलेन । बुबाले कुरा बुझ्नु भएछ । पियनलाई बोलाएर यसलाई तल लगेर खाजा पनि खुवाउ अनि कोठामा लगेर छोडेर आउ र घरबेटीलाई पनि चिनाइ देउ । पाँच बजेपछि म आउँछु । बस्तै गर्नु है भन्नुभयो । सुत्न मन लाग्यो भने सुत्दा पनि हुन्छ भन्नुभयो ।

मलाई पियन दाइले बुबा बस्ने डेराको कोठामा पु¥याइ दिए । दुई जना बस्ने गर्नुभएको रहेछ । खाना उनै पियन दाइले बनाउने गरेका रहेछन् । म थाकेको थिएँ । रातभरिको अनिँदो पनि थिएँ । बसमा मलाई निद्रा लागेन । पहिलो पटकको यात्रा जाग्रम नै रहेँे । अरु त सबै निदाए जस्तो लाग्थ्यो । कोही ठूलै आवाजमा घुर्दै पनि थिए । चकमन्न त्यो रातमा मधुर ध्वनीमा संगीतको ध्वनी आइरहेकोे थियो । बुबाको कोठामा पुगेर ढल्केको मात्र थिएँ भुसुक्कै निदाए छु । बुबाहरु कतिखेर आउनुभयो थाह पनि पाइनँ । खाना पाकेपछि मलाई बोलाउँदा मात्र थाह पाए । अनिँदो शरीर खाना खान खासै रुची जस्तो भएन र पनि जसोतसो खाए । भोलिपल्ट बिहान घुम्न निस्के । सदरमुकामको एरिया त्यति ठूलो रहेन छ । एक घण्टा जस्तो पियन दाइले साइकलमा घुमाइ दिनुभयो । त्यति रमाइलो ठाउँ जस्तो पनि लागेन । पश्चिम तराइका सिमाना छेउका जिल्ला यस्तै हुन्छन् भनेर पियन दाइले भन्नुभयो । तर पनि धेरै टाढादेखि बसमा करिब पन्ध्र घण्टा जस्तो यात्रा गरी आइएको थियो । एक–दुई दिन त बस्नै पर्दथ्यो । मन अडछ–अड्दैनभन्दा पनि जसोतसो बस्नै पर्दथ्यो । बेला–बेलामा पियन दाइ जो सँग मेरो घनिष्टता पनि बढ्दै गयो । उनैले घुमाउँथे । साथी जस्तै भए । बुबाको साथी भने परिवारै लिएर डेरा गरी बसेका रहेछन् । साथीको छोरा पनि भर्खरै भएको एसएलसी रिजल्टबाट पास भएका रहेछन् । मेरो पढाइ उमेर र दौतरीका रुपमा भएकाले म उनीसँग बढी रहन थाले । हामी सँगै घुम्न थाल्यौं । खेल्न पनि । मलाई अलिक सहज हुँदै गयो । उराठ लागेको थियो शुरुशुरुमा । अब त त्यही रमाइलो हुन थाल्यो ।

एकदिन साँझमा बुवाको साथमा एकजना साथी आउनुभएको थियो । प्रसंग मेरो नागरिकताको निस्कियो । यसको नागरिकता बनाउन खोजेको फायलै पो गायब भयो अरे । केटो अलिक भौँतारिए जस्तो भयो अनि मैले यतै आइज भनेर बोलाएको । अब कलेज पढ्न काठमाडौं पठाउनु पर्नेछ । कलेज खुलेपछि जान्छ । कलेज त दशैंपछि मात्र खूल्ला जस्तो छ । यिनै कुरा भइरहेको सन्दर्भमा उनै बुबासँग आउने साथीले भन्नुभयो । नागरिकता त यहीबाट निकाले पनि भइगयो नि । मैले पनि मेरो छोराको नागरिकता यहीबाट बनाइ दिए । कर्मचारी भएको नाताले निकाल्न मिलिहाल्छ भन्नुभयो । पछि सम्बन्धित जिल्लामा फायल पठाइदिँदा भैहाल्छ भन्नुभयो । बुबाले ए ! साँची त्यसो गरे पनि भयो । ल भोलि यसको नागरिकता बनाइ दिनुपर्ला भन्नुभयो ।

भोलिपल्ट हामी सिडिओ कार्यालय गयौँ । बुबाले सिँधै प्रशासकीय अधिकृतको कोठामा लिएर जानु भयो । उहाँहरुका बीचमा नमस्कार आदानप्रदान साथमा भलाकुसारी भए । मेरो नागरिकताको प्रसंग निस्कियो । फायल हराएको कुरा पनि उठ्यो । हामी प्रशासकीय अधिकृतको कोठामा बस्यौं । त्यही बसी–बसी सबै डकुमेन्ट बुबाले तयार गर्नुभयो । मैले पियन दाइसँग गएर फोटो पनि खिचाइ सकेको थिए । एक घण्टा पनि लागेन । मेरो नागकिता बन्यो । म देशको नागरिक भएँ । आफ्नो जिल्लामा नागरिकता बनाउन दिनैपिच्छे धाएको झलझल्ती सम्झेँ । प्रशासकीय अधिकृतले भन्नुभयो । अब हामी यसको रेकर्ड हामी तिम्रो जिल्लामा पठाइ दिन्छौं । अनि तिम्रो हराएको फाइल पनि भेटिन्छ भन्दै हाँस्दै मेरो नागरिकतामा सही गरिदिनुभयो । चलानी शाखामा गएर छाप लगाउनका लागि भने । मैले पनि ल्याप्चे लगाएँ । मेरा खुट्टा भुइँमा थिएनन् । दङ्ग पनि परे । पहुँच पुगेपछि नहुने के रहेछ र भनेर ।

आज म फेरि मेरै सदरमुकाममा पुनः आइपुगेको छु । जहाँ मेरो नागरिकता बनाउन पेश गरेको फाइल नै हराएको थियो । मेरो स्थायी बसोबास भएको जिल्ला भएकाले आज भने म पनि मेरो छोराको नागरिकता बनाइ दिन आइपुगेको छु । जहाँ आजभन्दा ३२ वर्षअघि बुबाले मेरो नागरिकता बनाउन मलाई लिएर आउनुभएको थियो । आज भने म स्वयम् अमूक कार्यालयको उपसचिव स्तरको राष्ट्रसेवक कर्मचारी छु । म सँगै लोकसेवा आयोग पास गरेर धेर ैवटा तालिम पनि सँगै सहभागी भएका साथी यही कार्यालयको प्रशासन फाँटको शाखा प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो । छोराको नागरिकता बनाउन आवश्यक पर्ने सम्पूर्ण कागजात नगरपालिकास्थित वडा कार्यालयबाट तयार गरेका थियौ । पेश गरियो । एक घण्टाभित्रै मेरो छोराको नागरिकता बन्यो ।

त्यही कार्यालय थियो । जहाँ मेरो नागरिकता बनाउन पेश गरेको फाइल आजका दिनसम्म गायबै रहेको होला । मैले खोजी गर्ने कुरो पनि आएन । मैले ती दिन सम्झेँ । समयले कोल्टो फेरि सक्यो । नदीमा धेरै पानी बगि सक्यो । त्यसबेला मैले मेरो नागरिकता बनाउन निरन्तर रुपमा दश दिन धाए होला । बुबाले चिनजान गरेको अधिकृतलाई सम्झेँ । उहाँ पनि आज त रिटार्यड भएर घरमै बस्नुभएको होला । नाम, थर, अनुहार त याद छैन । बुबालाई एक पटक सोधेको थिएँ । उहाँ अधिकृत तपाईंका पूर्व परिचित वा साथी नै हुनुहुन्थ्यो कि के हो भनेर । बुबाले भन्नुभयो– होइन मैले पनि कर्मचारी भएकै नाताले त्यही चिनजान गरेर विश्वास गरेको थिएँ । उनी गृह प्रशासनका मान्छे थिए । हामी अलिक हेपिएका कार्यालयका कर्मचारी थियौँ । पद त मेरो पनि शाखा अधिकृत नै थियो । उनी पनि शाखा अधिकृत नै थिए । चिनजान गर्न सहज भएको मात्र हो । मलाई पनि तिनको नाम, थर, वतन र अनुहार समेत याद रहेन । चासो गरेको भए थाह हुन्थ्यो पनि । थाह नभएकै राम्रो, बदलाको भाव किन पाल्ने । उनका पनि कुनै बाध्यता पो थिए की । त्यसैले को हुन मैले वास्ता नै गरिनँ –बुबाले भन्नुभयो । बुबाले ठीकै पनि गरे जस्तो लाग्यो । बुबा आज रिटायर्ड भइसक्नुभएको छ ।

मेरो छोराको हातमा नागकिता परेपछि मैले छोरालाई भनँे– छोरा आजबाट तिमी पनि यो देशको एउटा जिम्मेवार नागरिक बन्यौ । तिमीप्रति घर, परिवार, समुदाय, समाज हँुदै राष्ट्रप्रतिको समेत दायित्व बढेर गएको छ । यो भूमिका तिमीले निर्वाह गर्नेछौ र अशल नागरिक बन्नेछौ । ठूलो मानिस बन्नेभन्दा पनि अशल नागरिक बन है । यो देशलाई अशल नागरिकको खाँचो छ । सफल पनि रहने छौ । यसो भन्दै गर्दा म फेरि पनि सम्झिरहेकै थिए । त्यही कार्यालय हो जहाँबाट अथक प्रयास गर्दा पनि मैले नागरिकता पाउन नसेकेपछि अन्य जिल्लाबाट निकाल्न बाध्य भएको थिए । धन्य बुबाको जागिर रहेछ । सहज भयो । नत्र अझै कति दुःख गर्नुपर्ने थियो । सम्झेँ त्यसबेला पहुँच नहुनेहरुको हालत कस्तो हुन्थ्यो होला । कति रोएरै बसे होलान् । कति हात धोएरै बसे होलान् । कति खर्चेरै बसे होलान् । तर आजका दिनमा धेरै हदसम्म सहज भएको छ । सबै नेपालीले सहजरुपमा नागरिकता पाउन थालेका छन् । यसले निरन्तरता पाओस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here