‘जनै हराएको मान्छे’को नयाँ पोस्टर सार्वजनिक

0
68

बिर्तामोड ।

चलचित्र ‘जनै हराएको मान्छे’: सम्बन्धका धागाहरूको पोस्टर सार्वजनिक गर्न गरेको छ ।

झापासहित देशभर पोस्टर सार्वजनिक गरिएको बताइएको छ । बिर्तामोडस्थित क्यू एफएक्स सिनेमा हलमा आयोजित कार्यक्रमका बीच पोस्टर सार्वजनिक गरिएको हो ।

नेपाल चलचित्र संघका केन्द्रिय सदस्य मिजास पोख्रेल, नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष केबलराम तामाङ, बिर्तामोड उद्योग वाणिजय संघका उपाध्यक्ष विशाल थापा, व्यवसायी शैलेन्द्र कुरुम्वाङ लगायतको उपस्थितीमा पोस्टर सार्वजनि गरिएको हो ।

पोस्टर सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल चलचित्र संघका केन्द्रिय सदस्य पोख्रेलले नेपाली चलचित्रलाई माया गर्न सबैलाई आग्रह गरे । उनले चलचित्र ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरूले नेपाली समाजमा घटनालाई पर्दामा उदारेकाले सबैलाई एक पटक सिनेमा हेर्न अनुरोध गरे ।

त्यस्तै नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष तामाङले चलचित्र ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरूलाई माया गरिदिन सबैलााई आग्रह गरे । उनले नेपाली चलचित्र क्षेत्रमा सफल बनेका कलाकारहरुले अभिनय गरेकाले यो चलचित्रले नयाँ रेकर्ड बनाउने विश्वास ब्यक्त गरे । यो चलचित्रका मुख्य कलाकार विजय बराल रहेका छन् ।

हिमाल न्यौपानेले निर्देशन गरेको यो चलचित्र आगामी भदौ ६ गते रिलिज हुने निर्माण पक्षले जनाएको छ। चलचित्रको एसोसियट निर्देशकमा मनीष राउत छन्। थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डिओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

चलचित्रमा विजय बराल, भोलाराज सापकोटा र आरुष भुसालसँगै अभिनेत्री केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिसिना, चूडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशक रहेका छन्। चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्। गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ।

पोस्टर सार्वजनिक कार्यक्रमको सञ्चालन चलचित्र पत्रकार संघ झापाकी सदस्य सुनिता तामाङले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here