ब्रिलियन्ट प्यूपल्स सेकेण्डरी स्कूलमा कक्षा ११ का कक्षा सञ्चालन

0
148

बिर्तामोड, झापाको अर्जुनधारा – ६ मा रहेको ब्रिलियन्ट प्यूपल्स सेकेण्डरी स्कूलले कक्षा ११ को पठन पाठन सञ्चालन गर्ने भएको छ ।
शैक्षिक सत्र २०८२/०८३ बाट कक्षा ११ मा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ट्राभल एण्ड टुरिजम विजनेस स्टडिजका काक्षा सञ्चालन गर्न लागेको आइतवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा समेत उत्कृष्ट आएको र अभिभावकको राय अनुसार कक्षा स्तरोन्नति गरिएको बिद्यालयका संस्थापक प्रिन्सिपल ताराप्रसाद नेपालले जानकारी दिए । विद्यालयमा आइतवार पत्रकार सम्ेमलनको आयोजना गर्दै विगतका वर्षदेखि नै ब्रिलियन्ट प्यूपल्स सेकेण्डरी स्कूलले अनुभवी शिक्षकद्वारा कक्षा १० सम्म पठनपाठन गराउँदै आएको र यो वर्षबाट कक्षा थप गरिएको जानकारी दिइएको छ ।
स्वच्छ शैक्षिक वातावरण, आधुनिक शिक्षण विधिको प्रयोग गरी गुणस्तरीक्ष शिक्षा प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
करिव आठ सय विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयमा अध्ययनसंगै अतिरिक्त शैक्षिक क्रियाकलाव समेत हुने गरेको र नगरमा समेत उत्कृष्ट विद्यालयका रुपमा परिचित रहेको जानकारी दिइएको छ ।
‘सिपमुलक शिक्षा रोजगारीको आधार’ भन्ने नारा सहित यो वर्षबाट कक्षा ११ को पढाई सुरु गर्ने र न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा विद्यालयका सञ्चालक कल्पना नेपाल, व्यवस्थापन समिति मुना पोखरेल, सहायक प्रिन्सिपल रमेश कुमार नेपाल, लेखापाल किशोर पौडेल लगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here