दुधे, नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले झापाको शिवसताक्षी नगरपालिकाका सबै ११ वटै वडामा वडा समिति गठन गरेको छ।
यो सांकेतिक तस्बीर हो । यो एआईले निर्माण गरेको हो ।
असार ३ गतेदेखि सुरु भएको वडा अधिवेशन असार २१ गते सम्पन्न भएको हो। वडा अधिवेशनमार्फत आसन्न नगर तथा जिल्ला अधिवेशनका लागि प्रतिनिधिहरू समेत चयन गरिएको नेपाल विद्यार्थी संघका पूर्व जिल्ला सदस्य तथा कांग्रेस युवा नेता अर्जुन भट्टराईले जानकारी दिए। नगरका सबै वडामा सहमतिका आधारमा सभापति, उपसभापति र सचिव चयन गरिएको हो। वडागत अधिवेशनहरूमा भट्टराईको प्रत्यक्ष उपस्थिति रहेको थियो।
उनका अनुसार यसपटकको वडा समिति विगतको तुलनामा अझ बढी सक्रिय, समावेशी र जनमुखी हुने अपेक्षा गरिएको छ। वडा नम्बर १ मा सभापतिमा जङ्गबहादुर माझी, उपसभापतिमा स्मृति सापकोटा र सचिवमा गौरव माझी चयन भएका छन्।
वडा नम्बर २ मा नवीन गुरुङ सभापति, कमल ताजपुरिया उपसभापति र पदम पौडेल सचिव पदमा सर्वसम्मत चयन भएका हुन्। वडा नम्बर ३ मा सुमन कटवाल सभापति, गणेश कुँवर उपसभापति र सुरेश बस्नेत सचिवमा चयन भएका छन्। त्यस्तै, वडा नम्बर ४ मा बद्री गिरी सभापति, राजिव ताजपुरिया उपसभापति र नवीन सिटौला सचिव छन्। वडा नम्बर ५ को सभापतिमा आकाश आङदम्बे, उपसभापतिमा गणेश ताजपुरिया र सचिवमा बलराम ताजपुरिया चयन भएका छन्।
वडा नम्बर ६ मा यादव बुढाथोकी सभापति, सागर पौड्याल उपसभापति र नवराज तिम्सिना सचिव पदमा निर्वाचित भएका छन्। वडा नम्बर ७ मा आइत लिम्बु सभापति, यामबहादुर कटुवाल उपसभापति र विशाल शेर्मा सचिव चयन भएका छन्। वडा नम्बर ८ मा सभापतिमा युवराज भट्टराई, उपसभापतिमा विवेक राई र सचिवमा रोजित नेपाल चयन भएका छन्। वडा नम्बर ९ मा महेन्द्र नाल्बो सभापति, चेतना सावा उपसभापति र बमबहादुर थापा सचिवमा निर्वाचित भएका छन्।
त्यस्तै, वडा नम्बर १० मा सभापतिमा सिमिल राई, उपसभापतिमा पवित्रा ढुंगेल र सचिवमा रोदीश ओली छन्। वडा नम्बर ११ मा सन्तकुमार राई सभापति, ओम माझी उपसभापति र निशान लिम्बु सचिव पदमा सर्वसम्मत चयन भएका छन्। वडा अधिवेशन सम्पन्न भएसँगै तरुण दलको ध्यान अब नगर अधिवेशनतर्फ केन्द्रित भएको छ। नगर समिति गठनपछि संगठनले कांग्रेसको मूल नीति र कार्यक्रमअनुसार जनस्तरमा सक्रिय भूमिका निर्वाह गर्ने बताइएको छ।
वडास्तरका सभापतिहरूले एक–एक जना उपसभापति मनोनयन गर्न पाउने प्रावधान रहेको पनि जानकारी दिइएको छ। “शक्तिशाली, सहभागी र रचनात्मक संगठन निर्माण हाम्रो लक्ष्य हो,” युवा नेता भट्टराईले भने, “युवाको क्षमता विकास, सामाजिक उत्तरदायित्व र नेतृत्व उत्पादनमा तरुण दलले सशक्त भूमिका अब खेल्नेछ।” हरेक वडा समिति कम्तीमा ११ सदस्य हुनेछन्। यसको कार्य अवधि पनि तीन वर्षको हुने प्रावधान छ।