मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा

0
105
मोरङ,  मोरङलाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरी पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरेको हो ।
जिल्लामा १५९ वटा वडामा आर्थिक वर्ष २०८१/८२ मा जन्मेदेखि १५ महिनाभित्रका १६ हजार ५५१ शिशु र १६ देखि ५९ महिनासम्मका ४४ हजार ३४ शिशुलाई खोप लगाएर पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राईले पूर्णखोप सुनिश्चितताका लागि निरन्तर अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभयो । समितिका सदस्य सचिव एवं स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईं, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतले पूर्णखोप सुनिश्चितता तथा दिगोपना निर्देशिकाबमोजिम आवश्यक मापदण्ड पूरा भएको बताउँदै आगामी दिनमा खोप अभियानलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here